
सिन्धुमा थ्री एसकोे सानदार जीत

निर्मल बस्नेत
मंसिर ८, चौतारा । सिन्धुपाल्चोकका थ्री एस भनेर चिनिने माओवादी केन्द्रका युवा नेता सुबोध, शरद र सरलको सानदार जीत भएको छ । सिन्धुपाल्चोकका थ्री एस सुबोध, शरद र सरलको सानदार जीत भएको छ । मंसिर ४ को लागि मनोनयन दर्ताको सुरुवाती चरणदेखी नै सवैको चासो र ध्यान खिचिएका तीन भाईको नाम १० बर्षे शसस्त्र जनयुद्धको पूर्णकालिन हुँदाको टेक नाम हो । भूमिगत जीवनमा माओवादी केन्द्रका तीन युवा नेता माधव सापकोटा ‘सुवोध’, युवराज दुलाल ‘शरद’ र सरल सहयात्री पौडेलले जनमुक्ति सेना नेपालको कमाण्डर कमिसारको भूमिका निर्वाह गर्दै कुशलतापूर्वक जिम्मेवारी बहन गरेका थिए । हाल सुबोध र शरद पार्टी पोलिटव्यूरो सदस्य र सरल बाग्मती प्रदेशको अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।
थ्री एसले बाम लोकतान्त्रिक गठबन्धनको तर्फवाट साझा उम्मेदवारको रुपमा प्रतिनिधी सभा क्षेत्र नम्वर १ बाट सुवोध, सोही क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर २ बाट सरल र प्रतिनिधि सभा क्षेत्र नम्वर १ को १ नम्वर प्रदेश सभावाट शरदले माओवादी केन्द्रको टिकट पाएका थिए । उनिहरुले एउटै पोषाकमा सजिएर आफु सम्वद्ध दलको नेता , कार्यकर्ता र सुभचिन्तकहरुको साथ निर्वाचन अधिकृतको कार्यालय चौतारामा पुगेर मनोनयन दर्ता गराएका थिए ।
उमेरले ४ दशक मात्र पुरा गरेका थ्री एसले लगाएको एउटै पोषकले सामाजिक सञ्जाल फेसबुकमा राम्रै स्थान पाएको थियो । आम सञ्चार माध्यमले पनि उनिहरुको प्रस्तुतीलाई सर्वत्र बनाएका थिए । पार्टी मूख्यालय र नेतृत्वसंग राम्रै प्रभाव पारेका यी युवा नेताहरुले जनविस्वास पनि त्यतिकै बटुल्दै आएका थिए ।
३ भाई मध्ये सरल २०७० सालको दोस्रो पटकको संविधानसभा चुनावमा सोही दलवाट प्रतिस्पर्धामा सामेल भएका थिए । त्यसबखत उनी विजयी हुन भने सकेनन् । शरद भने २०७४ को निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्वर २ को १ नम्वर प्रदेश सभावाट चुनावी प्रतिस्पर्धाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पटक पटकको निर्वाचनमा सामेल हुन नपाएका सुबोधको लागि यो पहिलो पटक हो । बिगत देखी नै पार्टी भित्रको सवैलाई बिस्वासमा लिएर आफ्नो गतिबिधि बढाउदै आएका थिए । चाहे त्यो एक्लै रहदा होस् वा नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रबीचको पार्टी एकता पछी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदाको बखत होस्् । सदैब उनिहरु योजना निर्माणदेखी कार्यान्वयन सम्म अब्वल सावित हुदै आएका थिए ।
थ्री एसले जिल्लामा यसरी एकै पटक टिकट लिन पार्टी आन्तरिक पंक्ति र गठबन्धनमा रहेका दलहरुलाई ब्यालेन्समा राख्न कसरत कम गरेका थिएनन् । गठबन्धन दलहरु आफ्नो पहुँच प्रभाव केन्द्रसम्म राख्नका लागि निकै दौडधुप गरेका थिए । आफ्ना बिवेग र सम्वन्धले भ्याएसम्म आफै तिर सहज होस् भन्ने ठानेर लागि परेका थिए । अन्तत ५ दलिय गठबन्धन दलले केन्द्रबाटै सिट बाँडफाँड लगायो । र, आ–आफनो भागमा परेको निर्वाचन क्षेत्रतिर ध्यान केन्द्रित गर्न तिर लागि परे ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ को टिकट सुवोधले पाए । क्षेत्र नम्बर १ कै प्रदेश सभा २ मा सरलले र पहिले विजयी भएको प्रतिनिधि सभा क्षेत्र नम्वर २ को १ नम्वर प्रदेश सभावाट सरदले पाएका थिए । उता गठबन्धनबाटै नेपाली काङ्गे्रसको मोहन बहादुर बस्नेत प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा सोही क्षेत्रको प्रदेश भिा क्षेत्र नम्बर २ मा कृष्णकुमार तामाङ समिर र प्रतिनिधी सभा क्षेत्र नम्वर २ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर १ बाट मसिना खड्का भण्डारीले टिकट पाएर चुनावी मैदानमा उत्रिएका हुन् । मनोनयन दर्ताका दिन एकै साथ नगए पनि चुनावी प्रचारमा भने एकै साथ परिचालित भई खटीएका थिए । चुनावी प्रचारममा पनि माओवादी उम्मेदवार भएको ठाउँमा काङ्ग्रेस र काङ्ग्रेस भएको क्षेत्रमा माओवादीलाई सिङ्गो चुनावी परिचालनको जिम्मेवारी दिईएको थियो ।
अन्तत ः सवैको चाहना अनुसार माओवदी केन्द्रको तीनैजना विजयी हुन सफल भए । सुवोध प्रतिनिधिसभा क्षेत्र नं. १ बाट निर्वाचित भएका छन् । उनले ३० हजार ३ सय ७४ मत ल्याएर एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् । नेपालले २७ हजार २० मत ल्याए । दुलाल प्रतिनिधिसभा–२ (१) मा आठ हजार सात सय ६७ मतान्तरले विजयी भए । शरदले २० हजार नौ सय ६, मत ल्याएका हुन् । उनका प्रतिद्धन्दी एमालेका अमानसिंह तामाङले १२ हजार एक सय ३९ ल्याए । प्रतिनिधिसभा–१(२) बाट सरल निर्वाचित भएका छन् । पौडेलले १७ हजार दुई सय ५६ मत ल्याउँदा एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ पाए ।