मंसिर–४ को निर्वाचनलाई मतदाताले त्यति रुचाएनन, जिल्लाभर ५६.२१ प्रतिशत मत खस्यो

दिनेश दुलाल
मंसिर ४, चौतारा । प्रतिनिधिसभा तथा प्रदेशसभाको लागि आज भएको निर्वाचनमा सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मात्रै मत खसेको छ । गत स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकमा ७१ प्रतिशत मत खसेपनि यो निर्वाचनमा भने १५ प्रतिशत कम मत खसेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जनविकास मावि सागाँचाेक नर्सरीमा भएकाे मतदान प्रक्रिया

यतिधेरै मतको अनुपात हुनुमा मंसिर ४ को निर्वाचनलाई मतदाताले त्यति नरुचाएको बाह्रबिसे नगरपालिकाका एक स्थानीय कृष्णबहादुर सापकोटाले सिन्धुज्वालालाई बताए । उम्मेदवार र राजनैतिक दलहरुप्रति मतदाताहरुले विश्वास गर्न नसकेका कारण उपस्थिति कम भएको उनको ठम्याई छ । उनका अनुसार स्थानीय निर्वाचनमा २ हजार २ सय ७२ मत झरेकोमा अहिले आधा पनि खस्न मुश्किल भएको उनले सुनाए । यसपटकको निर्वाचनमा जनताको चासो कम देखिएको बलेफी गाउँपालिका वडा नम्बर ४ का पूर्व जनप्रतिनिधि कार्केल लामाले बताए । जस्लाई भोट हालेर पनि के हुन्छर ? भनेर जनता निराश भएकोले पनि सहभागिता कम भएको हुनसक्ने खाडीचौरका स्थानीय थरी पराजुुलीको बुझाई छ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार आज भएको मतदानमा सिन्धुपाल्चोकमा दुवै क्षेत्र गरी जम्मा १ लाख ४६ हजार ३ सय ४ मत खसेको थियो भने जसमा महिला ६५ हजार ४ सय ४२ र पुरुष ८० हजार ८ सय ६२ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकास रिजालका अनुसार आज खसेको मत परिणाम अनुसार प्रतिनिधिसभा १ नम्बर क्षेत्रको तुलनामा प्रतिनिधिसभा २ नम्बर क्षेत्रमा तुलनात्मक हिसाबले केही प्रतिशत बढी मत झेरेको देखिएको छ । जसअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा ७६ हजार ७ सय १६ अर्थात ५९.२२ प्रतिशत मत खसेको हो । सोे को क्षेत्रको (क) मा ३७ हजार ६ सय ३७ अर्थात ५९.७६ प्रतिशत र सोहीको (ख) मा ३९ हजार ७९ अर्थात ५८.६८ प्रतिशत मत खसेको हो ।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६१ हजार ५ सय ८८ अर्थात ५३.८५ प्रतिशत मत खसेकोमा सोहीको (क) मा ३३ हजार ८ सय ७१ अर्थात ५०.७३ प्रतिशत मत खसेको थियो भने सोहीको (ख) मा ३५ हजार ७ सय १७ अर्थात ५५.८४ प्रतिशत खसेको छ ।
सिन्धुपाल्चोकमा जम्मा मतदाता २ लाख ६० हजार २ सय ७३ मतदाता रहेका छन् १ लाख ३० हजार ७ सय ९ मतदाता संख्या रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा पुरुष ३४ हजार ५ सय १, महिला ३२ हजार २ सय ५४ जम्मा ६६ हजार ७ सय ५५ रहेको छ भने सोहीको (ख) मा पूरुष ३३ हजार १ सय ३०, महिला ३० हजार ८ सय २४ गरी जम्मा ६३ हजार ९ सय ५४ रहेको छ ।

त्यसैगरी १ लाख २९ हजार ५ सय ६४ मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (क) को जनसंख्या पूरुष ३२ हजार २ सय ७४ र महिला ३० हजार ८ सय ९८ गरी जम्मा ६२ हजार ९ सय ७२ रहेको छ । त्यस्तै सोहीको (ख) मा पुरुष ३५ हजार १ सय १० र महिला ३१ हजार ४ सय ८२ गरी जम्मा ६६ हजार ५ सय ९२ रहेको छ । जिल्लामा मतदान स्थल १ सय ४५ र ३ सय २० मतदान केन्द्र रहेको सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा मतदान स्थल ८२ तथा मतदान केन्द्र १ सय ६४ रहेको थियो भने क्षेत्र नम्बर २ मा ६३ मतदान स्थल तथा १ सय ५६ मतदान केन्द्र रहेको थियो । सिन्धुपाल्चोकमा सामन्य छिटफुट विवाद वाहेक जिल्ला शान्तीपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
कुन पालिकामा कति खस्याे मत ? यस्ताे छ