उम्मेदवारको छोराले पैसा बाँडेको भन्दै सिन्धुपाल्चोकमा मच्चियो हंगामा

मंसिर ३, नवलपुर । सिन्धुपाल्चोकका एक उम्मेदवारको छोराले मतदाताहरुलाई पैसा बाँढेको भन्दै ठूलै हंगामा मच्चिएको छ ।
प्रतिनिधिसभा २ अन्र्तगत ईन्द्रावती गाउँपालिका –७ सिपापोखरेमा आज दिउसो उक्त घटना भएको हो । प्रतिनिधिसभा २ (क) का एमाले तर्फका उम्मेदवार अमानसिंका छोरा छत्र तामाङले पैसा बाँड्दै आएको देखिएको त्याहाँका स्थानीय प्रल्लाद चौलागाईले जानकारी दिए ।

‘माथितिर कति बाँढ्नु भयो, त्यो सूचना पाएसी मैले ज्यामिरेमा रोक्न खोजें’, चौलागाइले भने, ‘अली तल आएसी हामीले रोक्न खोज्यौं ।’ खानतलाी गर्दा १ लाख १४ हजार पैसा र चेक वाइसीयलले फेला पारेर प्रहरीलाइ बुझाएको चौलागाईले जानकारी दिए । उनका अनुसार एमालेका तर्फबाट प्रतिनिधि सभा २ (क) का उम्मेदवार अमानसिं तामाङका छोरा छत्रबहादुर तामाङ र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालका स्वकीय सचिव सुनिल तामाङलाइ वाइसीयलले घटना स्थलबाटै भिडियो गरेर प्रहरीलाइ बुझाएको हो । ईलाका प्रहरी कार्यालय नवलपुरबाट ईनेस्पेक्टरको कमाण्डमा आएको टोलीले पक्राउ गरेको हो । यो घटना इन्द्रावती गाउँपालिका–७ मा आज दिउसो भएको थियो ।

उक्त घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक शिव कुमार बुढाथोकीले आरोपितहरुले पैसा बाँडिको भनिएपनि प्रहरी पुग्दा त्यस्तो नदेखिएको बताए । उक्त घटनाको पुष्टिको लागि अनुसन्धान भईरहेको प्रनाउ बुढाथोकीले जानकारी दिए । ‘काहाँ कसलाई पैसा दिएको भन्ने कुरा प्रहरीले अनुसन्धान गरेसी मात्र थाहा हुन्छ’, डिएसपी बुढाथोकीले भने ।

उक्त घटनाको सन्दर्भमा प्रदेशसभा (क) का उम्मेदवार अमानसिं तामाङसंग बुझ्दा उनले विरोधी पक्षले गलत आरोप लगाएर फसाउन खोजेको जिकिर गरे । ‘म उम्मेदवार हुँ, उम्मेदारको छोराले एकडेड लाख पैसा साथमा राख्नु नौलो कुरा होईन’, उम्मेदवार अमानसिंले सिन्धुज्वालासंग भने । मतदाताहरुलाई पैसा बाँढेको नभई आफ्नो नियमित काममा व्यवसाय गर्ने व्यक्ति हिडिरहँदा गलत आरोप लगाएको उनले बताए । विपक्षीहरुले आफूलाई बदनामित गराउन यस्तो खालको झुट्टा आरोप लगाको उनको भनाई छ ।

स्मरण रहोस बिहिबार बेलुका राती १२ बजेबाट ७२ घण्टा सम्म निर्वाचन आचारसंहिता अनुसार मौन अवधी रहेकाले उम्मेदवार तथा अन्य कुनै व्यक्ति मतदातालाई प्रभावित पार्ने कुनै गतिविधि गर्न हुँदैन । यस किसिको अपराध प्रमाणित भए कारीबाही तथा उम्मेदवार नै रद्द हुने निर्वाचन आयोगले परिपत्र गरिसकेको छ ।