
यसरी सामुहिकता र सहकार्यमा अघि बढ्दै छ मांखा


बलेफी गाउँपालिका वडा–६ , पालिकाकै एक महत्त्वपूर्ण स्थान हो । तामाङ, ब्राह्मण र अन्य पिछडिएका वर्गको उपस्थिति रहेको यो ठाउँलाई मान्खा भनेर चिनिन्छ । यस वडामा जालबारी, बुवासे, बदरपा, जोगिडाँडा र मान्खा जस्ता ग्रामीण गाउँहरू पर्छन् । यो वडा पालिकामा सामरिक महत्व राख्ने स्थान हो । ग्रामीण भेगमा रहेको कारणले आधारभूत सेवाबाट बिगतमा बन्चित यो वडाले स्वास्थ्य सेवामा ठूलो समस्या भोग्दै आएको थियो ।
‘सेवा नै धर्म हो’ भन्ने मूल सिद्धान्तलाई अंगिकार गरि यो ठाउँको विकास र धेरै विपत्तिहरूमा ठूलो मद्दत र समाजसेवी व्यक्तित्वको छबि बनाउनु भएका समाजसेवी राजु चौलागाईं र दीपक चौलागाईं लगाएतको पहलमा वडाको मध्य भागमा पर्ने गरि २०७३ सालमा जालबारीमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना भएको थियो । सो आधारभुत स्वास्थ्य केन्द्रको स्थापनापछि सिंगो गाउँमा खुसी छाएको छ । बिगत ६ वर्ष देखि यस स्वास्थ्य केन्द्रले गाउँलेहरूलाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ । यस संस्थाले पटक–पटक स्वास्थ्य शिविर पनि प्रदान गर्दै आएको छ ।
यस संस्थाले बलेफी–६ को स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । स्वास्थ्य केन्द्रले विभिन्न जनचेतनामुलक कार्येक्रम पनि संचालन गर्दै आएको छ । सेवाहरू अझ प्रभावकारी रूपमा प्रदान गर्ने र असाय र सुत्केरीलाई मद्दत गर्ने उद्देश्यले गरीबी तथा सुत्केरी कोष स्थापना भएको थियो । सो कोषमा हाल सम्म धेरै समाजसेवीहरूले आफ्नो सहयोग र समर्थन प्रदान गरेका छन् । त्यस्ता मनका धनि आदरणीय व्यक्तित्वहरु मध्ये बलेफी–७ निवासी समाजसेवी नेत्र ब. क्षेत्री हुनुहुन्छ । उहाँले तीन लाख सहयोग गर्नु भएको छ । त्यस्तै गाउँमा समाजसेवी छबि बनाएका मनका धनि बिष्णु प्रसाद तिमिल्सिनाले पनि सहयोग गर्नु भएको छ । उहाँले एक लाख कोषलाइ हस्तान्तरण गर्नुभएको छ । गाउँको अभिभाबकको रुपमा परिचित पुन्य प्रसाद पराजुलीले ५० हजार कोषमा जम्मा गरिदिनु भएको छ । त्यस्तै समाजसेवी रामलाल पराजुलीले २५ हजार ३० रुपैयाँ जनहितको लागि हस्तान्तरण गरिदिनु भएको छ । मनका धनि एबम समाजसेवी बलेफी –६ निवासी भोलाप्रसाद पाराजुलीले ५१ हजार कोषमा सहयोग गर्नु भएको छ ।
अध्यक्ष रुद्र चौलागाईंका अनुसार स्वास्थ्य केन्द्र सहयोगी हातहरुको खोजीमा अझै छ । यस स्वास्थ्य केन्द्र वडा नम्बर ६ को स्वास्थ्य क्षेत्रमा मेरुदण्डको रुपमा विकास गरिएको छ । यस संस्थाले बिरामीलाई थप प्रभावकारी र सहज सेवा प्रदान गर्नेतर्फ केन्द्रित रहेको स्थानीय बासिन्दाको भनाइ छ । यसरी मांखा सामुहिकता र सहकार्यको एउटा नमुनाको रुपमा जिल्लाकै एक गाउँको रुपमा परिचित हुन सफल भएको छ ।