आफ्नो आँखाले देखेकाे मात्रै हाेईन, सवैसंग सल्लाह गरि काम गर्नेछु – सुबोध

जुगल ढाँडे , १ मंसिर २०७९) । सिन्धुपाल्चोक प्रतिनिधि सभा १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधब सापकोटा सुबोधले आफू निर्वाचित भएपछि साझा प्रतिनिधि भएर काम गर्ने बताएका छन् । उनले आफु पुगेको र बाटोमा आँखाले देखेकोलाई मात्र नभई सवैसंग सल्लाह गरि आवश्यकतालाई मध्यनजर गरि काम गर्ने बताएका छन् ।

लाेकतान्त्रिक वाम गठबन्धनद्वारा ढाँडेमा अायाेजना गरिएकाे काेणसभा कार्यक्रम

सापकोटाले आफू माओवादी केन्द्रको नेता र गठबन्धनको उम्मेदवार भएपनि निर्वाचित भएपछि सबैको जिवनस्तर उकास्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफु सार्वजनिक पदधारण नगर्दा बखत पनि हरेक सामाजिक काममा निरन्तर लागि परेकाे बताए । चीन सरकारले पार्टी अध्यक्ष प्रचण्डलाई उपहार दिएकाे बिद्यालय जुजलकाे चनाैटेमा रहेकाे श्री रत्न राज्य माबि छनाेट गरि आफ्नो प्रस्तावमा बनेकाे जानकारी गराए ।
बिहिबार जुगल गाउँपालिकाकाे ढाँडे, कात्तिके र सेलाङमा भएकाे संक्षिप्त काेणसभाकाे चुनावी घरदैलो तथा मतदाता भेटघाटको क्रममा मतदातासंग नेता सापकोटाले निर्वाचन पछि नेता गाउँ नछिर्ने भन्ने मतदाताको गुनासोलाई सम्बोधन गर्दै सापकोटाले समय तालिका बनाएर आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा आउने विश्वास दिलाए । जुगलकाे विभिन्न बस्तिमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता सुबोधले ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरे ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ अन्तर्गत प्रदेस सभा २ को उम्मेदवार सरल सहयात्री पाैडेलले आफू गठबन्धनकाे साझा उम्मेदवार भएकोले बताउदै सेवा गर्ने अवसर दिलाउन अनुराेध गरे । उनले भने हामी नयाँ जाेस जाँगर र लक्ष्यका साथ अाएका छाैँ, सवैले साथ दिन । पाैडेलले आफु बिजय भएपछि हरेक बर्ष एउटा बस्ती तथा टाेलमा सुची बनाएर पुगेर जनगुनासाे सुनेर काम गर्ने प्रतिबद्धता जनाए ।
कोणसभामा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति जंगबहादुर लामाले संविधानको रक्षा र स्थायित्वको लागि निर्माण भएको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आव्हान गरे । त्यस्तै जुगल निर्वाचन परिचालन संयाेजक नेपाली काङ्ग्रेसको युवा नेता सगुन श्रेष्ठले गठबन्धनको पक्षमा ढुक्क भएर मतदान गर्न आग्रह गरे । गठबन्धनमा ब्रमायणिकाे ब्रान्ड भनेकाे सुबोध, इमानदार र सालिन नेता सरल सहयात्री नै हाे भन्दै उनले उस्थानीय तहकाे निर्वाचन भन्दा बढी मत पठाउने छाैँ तपाईंहरु ढुक्क रहनुस् जीत सुनिश्चित छ भनि बिस्वास दिलाएका थिए ।
काेणसभामा माओवादीका नेता बिष्णु सापकोटा , चन्द्र सापकोटा, पदम बहादुर श्रेष्ठ , अम्बिका नेपाल, सुकदेब पाैडेल, कांग्रेस नेताहरु जंग लामा , बिल बहादुर तामाङ, रुपक धिताल , नेकपा एकीकृत समाजबादीकाे नेता कमल थापा, पदम बहादुर श्रेष्ठ लगायतको जिल्ला र पालिका र वडास्तरकाे नेता कार्यकर्ता र स्थानीय मतदाताहरुकाे उपस्थिती रहेकाे थियोे । जुगलकाे विभिन्न टोल बस्तीमा उम्मेदवारहरुलाई स्थानीयले फुलमालाले भव्य स्वागत एवं सत्कार गरेका छन् ।