बैक तथा वित्तीय समस्या समाधानर्थ उद्योग बाणिज्य संघले बुझायो ज्ञापन पत्र

निर्मल बस्नेत
२७ कार्तिक, चौतारा । सिन्धुपाल्चोक उद्योग वािणज्य संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । संघले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय क्षेत्रमा बढाएको चर्को व्याजदर घटाउन माग गरेको छ ।

प्रमुुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापनपत्र बुझाउँदै सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठ

संघको निवर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा संघको कार्यकारीणी समितिको अध्यक्ष होमबहादुर बस्नेतको हस्ताक्षर रहेको छ । उक्त ज्ञापनपत्र बुझाउन कार्यकारीणी समिती, सल्लाहकार समिति र साधरण सदस्यहरुको उपस्थितीमा आइतवार प्रजिअको कार्यकक्षमा पुगेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ खनालले आफुले ज्ञापनपत्र सम्वन्धित निकायमा पेश गर्ने प्रतिबद्दता जनाएका छन् । साथै प्रजिअले चर्को व्याजदरको मार अन्य राष्ट्रहरुको तुलनामा नेपाल अग्रस्थानमा रहेको समेत बताए । यसप्रति सवैको चासो रहनुपर्नेमा उनले जोड दिए ।

ज्ञापनपत्र बुझाईसकेपछि जिल्ला प्रशासन कार्यालयको मूल गेटमा संक्षिप्त कोण सभा गरिएको थियो । उक्त कोण सभामा बोल्दै संघको निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले देशको अर्थतन्त्र धेग्ने व्यवसायीहरु नै व्याजदरको मारमा परेको जिकिर गरे । उनले तुरुन्त यसलाई घटाउन माग गरे । श्रेष्ठले अन्त्यमा उपस्थित सवैलाई धन्यवाद दिदै आसन्न निर्वाचन सम्पन्न भए लगत्तै जिल्लाको विभिन्न बजारहरुमा बिरोध ¥यालीको कार्यक्रम गर्ने समेत जानकारी गराए ।
यस्तो छ ज्ञापनपत्र