मतदाता भेटघाटमा स्वतन्त्र उम्मेदवार, सर्वसाधारण भन्छन्–यसपटक स्वतन्त्रलाई मत

कार्तिक २४, चौतारा । जुगल गाउँपालिका–पाकुका उत्तम बहादुर सापकोटाले बहुदल यता अहिले सम्म आधा दर्जनभन्दा बढी चुनावमा मतदान गरिसकेका छन् । उनले मतदान गरेर जितेका नेताहरुलाई मुश्किले एक पटक मात्र भेट्न पाएका ‘छन् त्यहि पनि चुनाव आउँदा मात्र । जतिजनालाई जिताएर पठाएपनि जनताको लागि खास काम गर्ने कुनै उम्मेदवार नभेटिएको सापकोटा बताउँछन् ।

खाडीचाैर बजारमा मतदातासंग मत माग्दै स्वतन्त्र उम्मेद्वार रामकुमार जिसी

मंगलबार जुगल गाउँपालिकाको पाकुमा जनताका घरदैलोमा पुगेका प्रतिनिधि सभा १ का स्वतन्त्र उम्मेदवार रामकुमार जिसीले त्याहाँका स्थानीय जनतालाई भेटेर आफूलाई मत दिन आग्रह गरेका थिए । जवाफमा स्थानीयले आफूहरुले यसपटक स्वन्त्रबाट माछा चिन्ह लिएर उठेका जिसीलाई मत दिने प्रतिवद्वता गरिएको सापकोटाले बताए ।
त्यस्तै खाडीचौरका सानुकाजी श्रेष्ठले दलका उम्मेदवारहरुले पटक–पटक जनतालाई आश्वासन दिएर झुक्याएकोले यसपटक स्वतन्त्र उम्मेदवारलाई मौका दिन लागेको बताए । उहाँहरुलाई कयौं पटक हेरीयो तर नेताहरु जितेपछि जनतालाई नाक मुख नै नदेखाईकन गायव हुँदा रहेछन्’, सानुकाजीले भने । यसपटक स्वतन्त्र पक्षमा जनताको लहर नै चलेको उनको दावी छ ।
घरदैलो क्रममा जनताको चाहाना स्वतन्त्र उम्मेदवारहरु प्रति देखिएको स्वतन्त्र उम्मेदवार जिसीले सिन्धुज्वालालाई बताए । ‘घरदैलो गर्ने क्रममा जनताको अपार मायाँ पाएको छु’, जिसीले भने । आफूले मतदाताको घरघरमा पुगेर मत मागेको उनले बताए । जिल्लाको १ नम्बर क्षेत्र अन्र्तगत मुख्य बजार, खाडीचौर, बाह्रबिसे, लामोसाँघु, सुकुटे, जलबिरे लगाएत स्थानहरुमा पुगेर मत मागेको उनले बताए । ठोकर्पा निवासी जिसी गठबन्धनका बागी उम्मेदवार हुन् ।