शेर बहादुरकाे अाँगनमा वाम -लाेकतान्त्रिककाे रचाईँ
कार्तिक २१, मेलम्ची । मंसिर-४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि वामलाेकतान्त्रिक गठबन्धनले चुनावी अभियानलाई तिब्रता दिएको छ । जस अनुसार अाज बेलुका मेलम्ची नगरपालिका वडा नम्बर ११ अन्तर्गत कटुन्जेमा काेणासभा कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त गाउँ एमालेका उम्मेद्वार शेरबहादुर तामाङकाे गाउँ हाे । उनकै गाउँमा गठबन्धनले बेलुका कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा त्याहाँका स्थानीयले दुई दुईपटक मन्त्री भएका तामाङले त्याहाँकाे जनताकाे लागि कुनै काम नगरेकाे बताए । त्याहाँ एक स्थानीय रामचन्द्र दुलालले शेरबहादुरले त्यस ठाउँमा जनताका कुनैपनि विकास नगरेका कारण अाफूहरूले गठबन्धनलाइ जिताउन लागिएकाे बताए । त्यस्तै साेहीका स्थानीय कुमार प्रसाद पाण्डेले पुराना नेताहरूले जनताकाे विकासमा कुनै चासाे नदिएपछि बिकल्पमा वाम गठबन्धनलाई राेजेकाे बताए ।
कार्यक्रममा प्रतिनिधिसभा २ का वाम लाेकतान्त्रिक गठबन्धनका उम्मेद्वार माेहन बहादुर बस्नेतले शेरबहादुरले दुई दुई पटक जितेर १० बर्ष सम्म नगरेकाे काम अाफूले एक बर्षमै गरेर देखाउने उदघाेष गरे । अाफूले २०५८ सालमै मेलम्ची स्वास्थ्य चाैकीकाे लागि ५८ लाख बजेट पारेर जनताकाे बिकासकाे काम सुरुवात गरेकाे ठाेकुवा गर्दै मेलम्ची क्षेत्रमा बाढी अाउँदा अाफूले राहत र उद्दार र सहयाेगमा सबभन्दा बढी प्राथमिकता राखेकाे उदघाेष गरे । यहि क्षेत्रमा निर्वाचित भएर मन्त्री भएका तामाङले भने सिन्काे नभाँचेकाे अाराेप लगाए । ´हामीले राताेपुल बनायाै तर शेर बहादुरले झाेलङ्गे पुल समेत बनाएनन्,` बस्नेतले भने,´दुलालले शेरबाहादुरकाे ठाउँ अर्काे क्षेत्रकाे युवराज दुलालले साँस्कितक भवन बनाउन पर्ने अवस्था किन अायाे ?` दुलालले याे क्षेत्रमा व्यापक काम गरेकाे अाफूले देखेकाे बताउँदै बस्नेतले शेरबहादुरले नबाएकाे सडक अाफूलाई जिम्मा दिन उपस्थित जनतालाई अाग्रह गरे । वामलाेकतान्त्रिक टिमले दुईवर्ष भित्रमा याे क्षेत्र साटेर जस्ताे बनाईदिने उनले दावी समेत गरे ।
कार्यक्रमा पूर्व सामाजिक बिकासमन्त्री युवाराज दुलालले शेरबहादुरले अाफ्नाे अागनकाे बाटाे समेत नबनाएर जनताकाे अभिमतलाई अपमान गरेकाेले अाफूले यस क्षेत्रमा विकास गर्नु परेकाे बताए । ´तपाईहरूलाई हेला र अपमान गरेकाेले उहाँलाई यसपटक बिदाई गरिदिनुहाेस`, दुलालले भने ।
कार्यक्रममा समाजवादी समानुपानुपातिक कि उम्मेद्वार भगवती नेपालले अाफ्नाे पार्टीको प्रत्येक्ष तर्फबाट उम्मेदवार नभएपनि रूखमा भाेटहाल्न अाफुहरू तयार रहेकाे बताईन । त्यसैगरी साेही प्रदेशका उम्मेद्वार कृष्ण कुमार तामाङले अाफू निवार्चित भएर जनताकाे चाहाना र भावना अनुसार काम गर्ने प्रतिवद्दता जनाए । कटुन्जेका स्थानीयकाे बाक्लाे उपस्थितिमा गठबन्धनले कार्यक्रम गरेकाे हाे । त्यसपछि मेलम्चीकाे डडुवा, धुसेनी लगाएत स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे चुनावी अभियानमा सहभागी माअाेवादी केन्द्र कुलेन्द्र तामाङले जानकारी दिए ।