शुभकामना तिमीलाई
जुगल गाउँपालिका – १ सेलाङ, सिन्धुपाल्चोक
बगैचामा रंगिचङ्गी फुलहरु
एकहारमा ढकमक्क फुली ,
तिमी आउने गाेरेटाे चिहाइरहेछ
बेसी खेतमा मार्सी धान
सुन झै पहेलपुर फुलिरहेछ
गाउँ घर मझेरी तिम्रै
प्रतिक्षामा टाेलाईरहेछ
त्यसैले भाई,
बसन्तकाे हुरी झै बेगिएर आऊ
कालाे मैलाे उडाएर
उसाकिरण छाएर आउ
नयाँ बिहानी लिएर आउ ।
तिमीलाई म चेलीकाे
यहि शुभकामना !!
भाई सत्तरंगी टीका र माला
तिमीलाई नै पहिर्याउन भनि
स्नेह र उमंगकाे ढाेका खाेली
झिलिमिली दिप सल्काई
तिमी आउने दिन गनि – गनी
आगनीकाे पर्खालबाट हेरिरहेछु
स्वार्थकाे भारी हाेइन भाई
सहयाेगि मन बाेकेर आउ ।
कुनै उपहार हाेईन चेलीलाई
कुसंस्कार बदल्ने लक्ष्य बाेकेर आउ
हर्स,उमंग र स्फुर्ति लिएर आउ
एक खित्का हाँसाे र खुसी दिएर जाउ
भाई टीकाकाे तिमीलाई
यहि शुभकामना ।।
भाई तिम्रै निम्ति सयपत्री
र, मखमली उनेर
थालीमा सजाईरहेछु
निस्पट्ट अन्धकार त्यो रातमा
पुर्णिामाकाे जुनसरी झुल्कि आऊ
सगरमाथा झै अटल बनी
सुन्दर स्वाभिमान बनेर आउ
त्याे हाम्रो सानाे झुपडीलाई
स्वभायमान बनाउनु भाई
तिमीलाई भाईटीकाकाे
पुनः अपार शुभकामना ।।