
निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारहरुलाई आजको दिन सम्म अल्टिमेटम

असोज ४, चौतारा । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुलाई जरिवना अन्तिम समय आजको दिनलाई अल्टिमेटम दिएको छ ।
निर्वाचन आयोगले शुक्रबार एक सूचना प्रकासित गरी शनिबार सम्मलाई अन्तिम समय दिएको हो । समानुपातिक निर्वाचन प्रणाली प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा हस्ताक्षर गरिएको सूचनामा जनाईए अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई आयोगले असोज ३१ गते नै निर्णय गरेको थियो ।
२०७३ को दफा २६ बमोजिम जरिवाना तोकिएका उम्मेदवारहरूले तोकिएको जरिवाना बापतको रकम उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा तोकेको हो । कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी उम्मेदवारी दर्ता गर्न आयोगले समानुपातिक प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको जनाएको छ । कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको आयोगले सूचनामा उल्लेख गरेको छ ।
जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने आयोगले चेतावनी समेत दिएको छ । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश गरेका उम्मेदवारहरूको हकमा यो नियम लागु हुने आयोगको ठहर छ ।