‘सिन्धुपाल्चोकलाई विकासको मोडल बनाउने छौं’– पौडेल
निर्मल बस्नेत
कार्तिक ३, ढाँडे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक प्रतिनिधि सभा १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार सरल सहयात्री पौडेलले गठबन्धनको दलहरुको नयाँ राजनीति संस्कारको सहकार्य गर्दै २० बर्षको बिकासको मोडल बनाउने बताएका छन् । उनले भने, ‘हरेक पालिकामा श्रम बैंक बनाउने छौँ । हरेक क्षेत्रको सुचिकरण र जजशक्ती पहिचान गरि रोजगारी सिर्जना गर्नेछौं ।’ यसले बिकास र प्रगतिको ढोका खोल्ने उनको ठहर छ ।
नेकपा (माओबादी केन्द्र) जुगल गाउँपालिका कमिटीको पूर्ण बैठकको प्रमुख अतिथि रहेका पौडेलले शिक्षाको क्षेत्रमा काठमाडौं र जुगलको स्तर एउटै बनाउने प्रतिबद्धता जनाए । उनले ५ बर्षको कार्ययोजना सहित शिक्षा, स्वास्थ , खानेपानी र अन्य पूर्वाधारको बिकासमा सिन्धुपाल्चोकको साथै बागमती प्रदेशको समग्र बिकामा जोड दिने प्रतिवद्वता जनाए ।
कार्यक्रममा पार्टीको वडा न. १ का पार्टी सचिव गेत बहादुर श्रेष्ठले रहर लाग्दो र भरपर्दाे उम्मेदवार पाएकोमा खुसी ब्यक्त गरे । उनले उम्मेदवारले युवा जोस जाँगर सहितको बिकासको योजना बोक्ने आशा गरेका छन् ।
पार्टीको बागमती प्रदेश सदस्य पदम श्रेष्ठले वर्गको निमित्त लडाइ लडेको पार्टीको कार्यकर्ता भएकोले हामी कुनै प्रत्यासिको टिकाटिप्णी गर्दैनौं । हालसालै सामाजिक खलल पुग्ने तुच्छ बचनले होमनारायण श्रेष्ठले आफ्नो क्रेज घटाएको टिप्पणी गरे । त्यस्तै जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले स्थानीय चुनाव पनि जुगलबाट गठबन्धनको जीत भएकोले मंसीर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि जुगलको मतदाताले बिजयी गराउने विश्वास दिलाए ।
बिगतको स्थानीय तहको निर्वाचनको क्रममा पनि संयुक्त रुपले लागि परेकाले वाईसीएल अध्यक्ष फुलकाजी स्याङ्वोले तरुण दलसंग युवा परिचालनमा आपसी सल्लाह भईरहेको बताए । बैठकमा कलाकार जयलाल बिकको गीतले थप मनोरञ्जन प्रदान गरेको थियो । प्रदेश,जिल्ला र पालिकास्तरका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बैठक पालिका अध्यक्ष ईश्वर गुभाजुको अध्यक्षता र सचिब इन्द्र बहादुर सिलवालले सञ्चालन गरेका थिए ।