मेलम्ची नगरपालिकाले सुरुवात ग¥यो अनलाईबाट सम्झौता, असोजमै ६० प्रतिशत

दिनेश दुलाल
असोज २८, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाईन शिष्टमबाट सम्झौता प्रक्रिया थालनी गरेको छ । नगरपालिकाले उपभोक्ता मार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरुवात भएपछि अनलाईन विधिबाट सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले जानकारी दिए । उनका अनुसार २० लाख भन्दा मुनिका योजनाहरुको उपभोक्ता मार्फत अनलाईन शिष्टमबाट सम्झौता गरिएको हो ।

‘उपभोक्ता मार्फत गरिने योजनाहरुको पारदर्शिता कायम गर्नका लागि यसपालि हामीले नयाँ ढंगले सबै योजनाहरु अनलाईन मार्फत सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएका छौं’, प्रमुख प्रशासकीय अधिकृत धितालले भने, ’सबै वडाहरुमा यो प्रक्रिया थालिएको छ ।’ १० लाख भन्दा माथिका योजनाहरुमा उपभोक्ताले अनिवार्य प्यान दर्ता गर्नु पर्ने प्रावधान समेत राखिएको उनले सुनाए । उनका अनुसार नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरुलाई १३ वटै वडाहरुमा अभिमुखिकरण तालिम प्रदान गरिसकेको छ ।

कार्तिक मसान्तभित्र सबै योजनाहरुको सम्झौता गरिसक्ने योजना बनाएको नगरपालिकाले असोजको मसान्त सम्म ५० प्रतिशत र तिहार अगाडि ९० प्रतिशत गरिसक्ने उनको दावी छ । उनका अनुसार अनलाईनबाट सम्झौता गर्दा पारदर्शी हुने र आवश्यक डकुमेन्टहरु अनलाईनको शिष्टमले नै क्रेट गर्ने छ । यसले योजनाको रेकर्डिङ देखि अनुगमनको कुराहरु पनि सजिलो हुने भएकोले नगरपालिकाले त्यो शिष्टमलाई फलो गरेको उनले सुनाए । योजनको भुक्तानी गर्न आउँदा सबै वडाहरुमा आवश्यक कागज प्रक्रियाको लागि सम्बन्धित वडाहरुलाई लिष्ट बनाएर पठाईसकेको उनले बताए । नगरपालिकाले चैत्र मसान्त सम्म सबै योजनाहरु सम्पन्न गरेर भुक्तानी गरिसक्ने योजना रहेको उनले सुनाए । अनलाईनबाट सम्झौता गर्नको लागि मन्त्रालयले नै शिष्टम ल्याएको हो ।

यसैगरी आर्थिक बर्ष २०७९÷०८० भएका योजना मध्ये २० लाख सम्मका योजनाहरुलाई अनलाईन सिस्टम माध्यमबाट र त्यो भन्दा माथिकोलाई ईभिडिङ विधिद्वारा गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत धितालको छ । ईभिडिङबाट गरिने योजना ९० प्रतिशत प्रक्रियामा अगाडि बढीसकेको उनको भनाई छ । समपुरक विशेष अनुदान लगाएतका योजनाहरुको सम्पन्न नभएर पैसा फिर्ता गर्ने अवस्था नआहोस भनेर आर्थिक वर्ष लाग्दै योजना सम्झौता लगाएत प्रक्रिया अगाडि बढाईएको हो ।

नगरपालिकाले यो आर्थिक वर्ष देखि अनलाईन मार्फत सम्झौता तथा भुक्तानी गरिने शिष्टम सुरुवात गरिएको उनको भनाई छ । उपभोक्ता समितिहरुलाई अभिमूखिकण कार्यक्रम साथै अनुगमनलाई पनि फरक ढंगबाट सुरुवात गरेर प्रभावकारी बनाइएको उनले सुनाए ।