
सिन्धुपाल्चोकबाट माओवादी केन्द्रका समानुपातिक तर्फ ४ जनाको बन्दसूची

असोज २४, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकबाट माओवादी केन्द्रका समानुपातिक तर्फ ४ जनाको बन्दसूची सार्वजनिक गरेको छ । दलहरुले समानुपातिकमा पठाउने उम्मेदवारहरुको नामबली असोज ३ गते पेश गरेको थियो । अन्तिम नामवली १६ गते सम्मलाई म्याद दिएकोमा निर्वाचन आयोगले आज सार्वजनिक गरेको हो ।
जस अनुसार माओवादी केन्द्रका सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा समानुपातिक तर्फ दलित कोटाबाट रोहिनी बिक बन्दसूचीमा परेका छन् । त्यसैगरी प्रदेश सभाको समानुपातिक तर्फ खस आर्यबाट अमृता नेपाल, आदिबासी जनजातिबाट लालकान्छा तामाङ र आदिबासी जनजाती कोटाबाट लन्जम शेर्पीनी, बन्दसूचीमा परेका छन् । उनीहरु सबैजना माओवादी केन्द्रबाट हसिया हथौडा चिन्हबाट बन्द सूचिमा परेका हुन् । माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट झण्डै एकदर्जनको संख्यामा नाम सिफारिस गरेकोमा एकजना संघको समानुपातिक र ३ जना प्रदेशसभा समानुपातिका पर्न सफल भएका हुन् । आउँदो निर्वाचनमा माओवादी केन्द्रले समानुपातिक तर्फ ल्याएको मतको आधारमा बन्दसूचिमा परेका उम्मेदवारहरु पुनः छनौटमा पर्नेछन् ।
पेश गरिएको बन्दसूचि यस्तो छ–