सिन्धुपाल्चोकमा प्रतिनिधि तथा प्रदेशसभा गरी ६१ जनाको मनोनयन दर्ता (नामलिष्ट सहित)

दिनेश दुलाल
असोज २३, चौतारा (सिन्धुपाल्चोक) । आगमी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाका लागि हुने निर्वाचनमा सिन्धुपाल्चोकमा ६१ जनाको उम्मेदवारी परेको छ । दुवै क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभा गरी ६१ जनाको मनोनयन दर्ता भएको सिन्धुपाल्चोक निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिनिधि सभाका लागि १४, २ मा १४जनाको उम्मेदवारी परेको छ । त्यस्तै १ नम्बर क्षेत्र प्रदेशसभा (क) मा ९ र (ख) मा ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नम्बर २ (क) को ९ जना तथा (ख) मा ९ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ । कार्यालयले दिएको तथ्याङ्क अनुसार दुवै क्षेत्रमा स्वतन्त्रबाट आधा दर्जन भन्दा बढीले उम्मेदवारी दिएका छन् ।

यस्ता छन् उम्मेदवार

प्रतिनिधिसभा सदस्य उम्मेदवार निर्वाचन क्षेत्र २ बाट

स्वतन्त्रबाट ध्रुवप्रसाद पराजुली, मंगोल नेशनल अर्गनाईजेशन कर्णबिर स्याङबो लामा, राष्ट्रिय स्वतन्त्र पार्टी मायाँ गुरुङ, स्वतन्त्र बद्री प्रसाद चौलागाई, आमुल परिवर्तन मसिहा पार्टी स्याम बहादुर तामाङ, नेकपा (एमाले) शेरबहादुर तामाङ, जनमत पार्टी मंगलसिं तामाङ, नेपाली कांग्रेस मोहनबहादुर बस्नेत, राप्रपा नेपाल दिलिप विक, राप्रपा, नरसिं श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी लक्ष्मी प्रसाद कुसी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दावा छिरिङ शेर्पा, स्वतन्त्र यास्मीन ढुङगाना रहेका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ को (क) बाट

स्वतन्त्रबाट जिमी लामा, मंगोल नेशनल अर्गनाईजेसन अर्जुन तामाङ, नेकपा एमाले अमानसिं तामाङ, राप्रपााट बाबुराम खड्का, नेकपा माओवादी केन्द्र बाट युवराज दुलाल, नेपाल मजदुर किसान पार्टी रत्नकाजी नायभारी, स्वतन्त्र फडिन्द्र प्रसाद दाहाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छिरिङवाङदी शेर्पा, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेलिनवादी चेतनाथ गिरी रहेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर २ को (ख) बाट

मंगोल नेशनल अग्रनाईजेशन सुनजित तामाङ, तामसालिङ लोकतान्त्रिक पार्टी ललितकुमार तामाङ, नेकपा एमाले हस्त पण्डित, जसपा कृष्णबहादुर तामाङ, जनमत पार्टी लालबहादुर तामाङ, राप्रपा गोविन्द्य गुरुङ, नेपाली कांग्रेस कृष्णबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टी रामजी लघु, स्वतन्त्र योगेन्द्र राज सिग्देल रहेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट

नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेलिनवादी कृष्णबहादुर ठकुरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ग्याल्जेन शेर्पा, जनता समाजवादी पार्टी डिविसिंह लामा, मंगोल नेशनल अर्गनाईजेशन दावा लामा, राष्ट्रिय स्वतन्त्र पार्टी दिनेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नारायण पाण्डे, स्वतन्त्र विष्णु प्रसाद पौडेल, नेकपा(माओवादी) केन्द्र माधव सापकोटा, स्वतन्त्र मुकुन्द श्रेष्ठ, स्वतन्त्र रामकुमार जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बिरबहादुर तामाङ, नेकपा( एमाले) सरेश नेपाल, आमुल परिवर्तन मसिहा पार्टी नेपाल, साङगेल शेर्पा, भक्तपुर नेपाल मजदुर किसान पार्टी, हरीलक्ष्मी दनेखु रहेका छन् ।

प्रदेशसभा क्षे त्र नम्बर १ को (क) बाट

तामसालिङ लोकतान्त्रिक पार्टी आशिष लामा, नेकपा (माले) कृष्णबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च टुल्कु लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी निर्मला श्रेष्ठ, नेपाली कांग्रेस मसिना खड्का, नेकपा (एमाले) युद्वविक्रम तामाङ, जनता समाजवादी पार्टी राजेश लामा, नेपाल मजदुर किसान पार्टी श्यामलाल शाक्य, मंगोल नेशनल अर्गनाईजेशन सोमबहादुर लामा रहेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) बाट

मंगोल नेशनल अग्रनाईजेशन गोविन्द दाश गुभाजू, राष्ट्रिय प्रजातन्त्र पार्टी दीपक थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्त्र फुर्पा दोर्जे लामा, स्वतन् त्र भक्त बहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र) सरल सहयात्री पौडेल र नेकपा(एमाले) होम नारायण श्रेष्ठ रहेका छन् ।