सिन्धुपाल्चोक २ मा ध्रुव पराजुलीले स्वतन्त्रबाट उम्मेदवारी दिने भएपछि ठूलै तरंग

असोज २२, साँगाचोक (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकका पुराना वापन्थी नेता ध्रुव पराजुलीले आगमी मंसिर–४ मा हुने चुनावमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्रबाट उम्मेदवारी दिने भएका छन् ।

गठबन्धनमा संघका लागि कुन दलले टिकट पाउने भनेर हानथाप भईरहँदा माओवादी पृष्टभूमिका पुराना बामपन्थी नेता पराजुलीको प्रत्यक्ष तर्फ उम्मेदवारीको चर्चा आएको हो । माओवादी पार्टी त्यागेर राजनीतिबाट लामो समय देखि निस्कृय बसेका पराजुलीले २३ असोजमा हुने उम्मेदवारी दर्ता मनोनयनमा प्रतिनिधिसभा २ बाट आफ्नो उम्मेदवारी दिने घोषणा गरेको पूर्व शिक्षक समेत रहेका नेता पराजुलीलले बताए ।
‘जनताको विद्रोही भावना छचल्किएको छ, अहिले त्यसलाई कसरी सम्मान गर्न र सुरक्षित गर्न सकिन्छ यो सबाल हो’, पराजुलीले सिन्धुज्वालासंग भने, ‘पाखा बसेर टुलु–टुलु हेर हुँदैन ।’ आफु संसदीय भाषमा जाकिन खोजेको तथा आफैं सुविधाभोगी हुन खोजेको नभई जनमतको सम्मान गर्नका निम्ति उम्मेदवारी दिन लागेको उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने क्रममा पराजुलीले आफ्नो व्यक्तिगत रुचि, चाहना, महत्वकाँक्षा वा स्वभावभन्दा नितान्त माथि उठेर देशको राजनितिक विसङ्गति र कुशासनयुक्त यथास्थिति विरूद्व जनता बिद्रोहको मनस्थितिमा रहेको उनको दावी छ ।
पराजुलीले बिहिबार फेसबुक मार्फत यस्तो लेखेका छन्–‘आफुमा निहित मताधिकार मार्फत उपरोक्त भावनालाइ अभिव्यक्त गर्न आतुर देखेर म आफु जनताको भावाना अभिव्यक्तिको त्यो औजार बन्न सक्छु भने अवस्य बन्नुपर्छ । परिणाम चाहे जे सुकै किन नआहोस, हाललाइ यहि नै मैरो कर्तव्य हो ठानेर आगामी २०७९ मङ्सिर ४ गते हुन गईरहेको आम चुनाबमा प्रतिनिधिसभा तर्फ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने निष्कर्शमा पुगेको छु । कसैको आलोचना वा बिरोधमा मात्रै समय खर्चनु समयको थप वर्वादी मात्रै हुनेछ । यहाँहरूको सकारात्मक, नकारात्मक प्रतिक्रया हमेसा स्तुत्य हुनेछन । हारजित मेरो हैन यहाँहरूकै हुनेछ । म केवल निमित्त पात्र मात्र हुनेछु । जिते वा हारे के हुने वा गर्ने बारे जनसमक्ष ल्याउनेछु ।’

पूर्व गाविस अध्यक्ष समेत भईसकेका पराजुली माओवादीमा छँदै ईमान्दार, निर्विवादित र स्वच्छ छवीका नेताका रुपमा परिचित थिए । जनतामा समेत राम्रो प्रभाव बनाएका पराजुली जनयुद्व कालमा थुप्रै मोर्चाको नेतृत्व तथा पार्टीको पोलिटव्युरो सदस्य बनीसकेका नेता हुन् । दुई–दुई पटक सिन्धुपाल्चोक जिल्ला ईज्चार्जको भूमिका निभाएका पराजुलीले पछिल्लो पटक माओवादी पार्टीले गलत दिशा अपनाएको भन्दै २०७० साल यता स्वतन्त्र जीवन अपनाउँदै आएका थिए ।

उनको पछिल्लो उम्मेदवारी दिने निर्णयले माओवादी केन्द्र भित्र ठूलै हलचल पैदा भएको उनी निकट एक पूर्व लडाकुले सिन्धुज्वालालाई बताए । उनको पक्षमा जनमत ओईरिए गठबन्धनलाई समेत धक्का पुग्ने जानकारहरु बताउँछन् ।