सिन्धुपाल्चोकमा गठबन्धनबाट उम्मेदवारी टुङिगयो, पूर्वमन्त्री बस्नेत २ र माधव सापकोटा १ बाट भिड्दै

असोज २२, चौताार । सिन्धुपाल्चोकमा गठबन्धन भित्रका दुई दलले निर्वाचनको लागि आफ्नो तर्फबाट उम्मेदवारी टुङ्गाएका छन् ।
केन्द्रको भागवण्डा अनुसार २ क्षेत्र रहेको सिन्धुपाल्चोकमा एक–एक सिट पाएका कांग्रेस र माओवादी भित्र उम्मेदवार को हुने भन्ने विवाद रहेपनि अन्नतः दुवैतिर उम्मेदवारी दिने पात्र टुङिगएको नेपाली कांग्रेस सिन्धुपाल्चोकका पार्टी प्रवक्ता नवराज भट्टरईले जानकारी दिए । उनका अनुसार मओवादी केन्द्रको भागमा परेको प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर १ मा माधव सापकोटा र कांग्रेसको भागमा परेको क्षेत्र नम्बर २ मा मोहन बहादुर बस्नेतले टिकट पाएका छन् ।

यसैगरी १ को (क) मा नेपाली कांग्रेसबाट मसिना खड्का तथा (ख) मा माओवादी केन्द्रबाट सरल सहयात्री पौडेलले टिकट पाएका छन् भने २ को (क) मा माओवादी केन्द्रबाट युवराज दुलाल तथा (ख) मा स्वास्थ्यमन्त्री निमा लामाले टिकट पाएका छन् । दुवै पर्टीमा आज साँझ मात्रै उम्मेदवारको पात्र टुङ्गो लागेको हो । प्रदेशमा उठ्ने ४ मध्ये दुलाल र लामा साविक क्षेत्रमा यस अघि निर्वाचित भईसकेका व्यक्ति हुन् भने पौडेल दोस्रो संविधान सभाका लागि १ नम्बर क्षेत्रमा उठेका व्यक्ति हुन् । १ को (ख) को लागि टिकट पाएकी खड्का एक मात्र महिला उम्मेदवार बनेकी छिन् । गठबन्धनले भोली मनोनयन दर्ताका लागि आफ्ना कार्यकर्ता चौतारामा उतार्ने तयारी गरेको गठबन्धन भित्रका एक कार्यकर्ताले जानकारी दिए । एमालेले भने यस अघि नै आफ्नो उम्मेदवार टुङगो लगाईसकेको छ ।