सिन्धुपाल्चोकमा पहिलो उम्मेदवार घोषणा एमालेबाट, यस्ता छन् उम्मेदवार
असोज २१, चौतारा । मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमालेले सिन्धुपाल्चोकको उम्मेदवार टुङगाएको छ । एमाले सिन्धुपाल्चोकका एक नेताले जनाएअनुसार सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य सरेश नेपाल र क्षेत्र नम्बर २ मा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङलाई चुनावमा अघि सार्ने भएको छ ।
त्यस्तै प्रतिनिधिसभा १ को प्रदेश सभा (क) मा कमल नेपाल र (ख) मा होम नारायण श्रेष्ठले टिकट पाउने भएका छन् । होमनारयण श्रेष्ठ जुगल गाउँपालिका निवर्तमान अध्यक्ष हुन भने भने नेपाल लिसंखुपाखर गाउँपालिका निवर्तमान अध्यक्ष हुुन ।
त्यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा (क) मा अमानसिं तामाङले टिकट पाउने भएका छन् । तामाङले केही महिना अघि मात्रै माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । सोही क्षेत्रको प्रदेश सभा (खं) मा भने एमाले पूर्व जिल्ला अध्यक्ष हस्त पण्डित उम्मेदवार बन्ने भएका छन् । कांग्रेस, माओवादी लगाएत सत्ता गठबन्धनमा उम्मेदवारको टुङगो लगाउन मुश्किल रहेको अवस्थामा भने प्रतिपक्ष दल एमालेले सिन्धुपाल्चोकमा उम्मेदवार टुङगो लगाउने पहिलो दल भएको छ ।
कुन क्षेत्रमा को उम्मेदवार ?
प्रतिनिधि सभा क्षेत्र न १ मा ः– सरेस नेपाल
प्रदेश क ः– कमल नेपाल
प्रदेश ख ः– होम नारायण श्रेष्ठ
प्रतिनिधि सभा क्षेत्र न २ मा ः–शेरबहादुर तामाङ
प्रदेश क ः– अमानसिङ तामाङ
प्रदेश ख ः– हस्त पन्डित