
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकद्वारा शुभकामना आदनप्रदान कार्यक्रम

निर्मल बस्नेत
असाेज १४, चाैतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विजय दशमी,शुभ दिपावली, नेपाल संवत र छटको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा एक कार्यक्रम गरि एक आपसमा शुभकामना आदनप्रदान गरेको हो । कार्यक्रमको प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नेपालीहरुको रितिरिवाज धर्म संस्कृतिले आपसमा भावनात्मक एकता कायम गर्ने भन्दै उनले राष्ट्र, राष्ट्रियता र समृद्धीमा लाग्ने प्रेरणा चाडपर्वहरुले मिलोस् भन्ने कामना गरे । त्यस्तै कार्यक्रमका विषेस अतिथी प्रमुख जिल्ला अधिकारी बेदनीधी खनालले भने “प्रहरी भनेको राम्राका लागि उत्प्रेरक र नराम्राका लागि कानुनको कठघरामा ल्याएर डण्ड र सजाय दिने मर्यादापालक हो । यसले आफुलाई कठोर बनाउने काम गर्दछ ।` प्रहरीसामु प्रजिअले चाडपर्वहरुको अवसरमा घर जान नपाएकोमा दुःख मन नगर्न आग्रह गरे । राष्ट्रको शान्ति सुरक्षको लागि समय प्रदान गर्नुपनि ठूलो दान भएकाे उनकाे भनाइ छ । चाडपर्वहरुले सहकार्य, एकता र भातृत्वको भावना जागृत हुने उनकाे ठहर छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले दशैमा शहर रित्तिएर गाउँ भरिने,देबी देवताको उपसना र मान्यजनको हातबाट टीका आर्सिवाद लिने मात्र नभई सामाजिक सहिष्युणता कायम गर्न पनि भूमिका खेल्ने गर्दछ । उनले प्रहरीले शान्ति अमन्चयन कायम गर्दै सामाजिक सचेतनाको कामहरुपनि गरेको भनि प्रशंसा गरेका थिए ।
त्यस्तै भुतपूर्व प्रहरी संगठनको जिल्ला अध्यक्ष लोक बहादुर पुरीले बललिदो राजनीतिक घट्नाक्रम र व्यवस्थामा जनताले के पाए वा पाएनन् र चाहनाहरु पुरा भएकी भएनन् भन्ने कुरामो जोड दिए । साथै उनले शान्ति सुरक्षाको उचित प्रवन्धको लागि प्रजिअको ध्यानाकर्षन समेत गरेका थिए ।
प्रहरी कलाकारहरुको राष्ट्रभावले ओतप्रोत गाीत र नृत्यले कार्याक्रम थप रोचक बनेका थियो । प्रहरी नायव उपरिक्षक रामेस्वर प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सीता थपा, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, जिल्ला स्थीत सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैरसरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधी,विभिन्न प्रहरी युनिटका प्रमुखहरु,संचारकर्मी र जिल्लामा कायरत प्रहरीहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा सहभागिको लागि रात्रीभोजकोे प्रवन्ध पनि गरिएको थियो ।