सिङ्गमाई युवा क्लबको उपाधि सेलाङ माबिले हात पारे
निर्मल बस्नेत
असाेज १२, ढाँडे (सिन्धुपाल्चोक) । असाेज सिङ्गमाई युवा क्लब जुगल गाउँपालिका–१ चेपेको आयोजनामा भएको जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उपाधि सेलाङ माविले हात पारेको छ । असोज ११ गतेबाट संचालित ३ दिने प्रतियोगिता विहिवार सम्पन्न भएको हो ।
घटस्थापनाको दिन सुरु भएको खेलमा ७ समूह सहभागि थिए । जसधध्ये याङला ग्लोव जुगल ७ द्धितीय र स्याउले युवा क्लव चौतारा साँगाचोकगढी नगरपालिका १ तृतीय भएका छन् । प्रथम, द्धीतीय र तृतीयलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारसहित सिल्ड, मेडल र ट्रफी पाएका छन् । उक्त पुरस्कार जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोको हातबाट प्रदान गरेका थिए । गाउँपालिका अध्यक्ष स्याङ्वोको प्रमुख आतिथ्यतामा खेल समापन कार्यक्रम भएकको थियो । कार्यक्रममा बोल्दै स्याङ्वो खेलकुदले मानिषलाई अनुशाषित र लगनसिल बनाउने भएकोले खेलकुदलाई निरन्तरता दिर्दै राष्ट्रिय अन्राष्ट्रिय सफलता हात पार्न खेलाडीहरुलाई शुभकामना दिए । उनले पालिकाले पनि खेलकुदलाई प्राथमिकताकासाथ लिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडाअध्यक्ष जनक तामाङ, पूर्व गाविस उपाध्यक्ष एवं समाजसेबी झंकप्रसाद उपाध्याय, रामेस्वरी माविको प्रअ कृष्ण घिमिरे, सेलाङमाविको प्रअ फिरोज सिलवाल लगाएतकको आतिथ्यता खेलाडी र स्थानीयहरुको सहभागितामा सम्पन्न कार्यक्रम सेलाङमाविको शिक्षिका बिन्दु थामी श्रद्धाको उद्घोषण र क्लवको अध्यक्ष लिला बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।