अनेरास्ववियुले बुझायाे प्रजिअलाई ज्ञापनपत्र

निर्मल बस्नेत / चाैतारा
१३ असाेज २०७९) नेकपा एमाले निकट अनेरास्ववियु सिन्धुपाल्चोकले सिन्धुपाल्चोक जिल्लाकाे प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालसमक्ष ज्ञापनपत्र पेश गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा बुधबार पेश गरेकाे ज्ञापनपत्रमा उल्लेख गरिएको मागहरु कार्यनयन नभए जस्ताे सुकै अान्दाेलन गर्न तयार रहेकाे जिल्ला अध्यक्ष लक्ष्मण सिलवालले जानकारी दिए ।
ज्ञापनपत्रमा भनिएकाे छ, प्रत्येक गाडिमा छुट सहितकाे अाफ्नाे रुटमा लाग्ने भाडादर गाडिमा टास्ने, बिद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अशक्तलाई ५० प्रतिशत छुट दिने ब्यवस्था र निर्णयलाई यथासिघ्र कार्यान्वयन गर्न साथै सार्वजनिक यातायातकाे साधनहरुमा यात्रुहरुकाे सुरक्षा, सवारी साधनको नियमित चेकजाँच गर्न माग गरेको छ । यसअघि पुर्व अरनिको यातायात समिति सगं अनरास्ववियु जिल्ला कमिटीले गरेकाे सम्झौता र ज्ञापनपत्रमा उल्लेखित मागउपर अनुगमनकाे लागि प्रसासन कार्यलय माफर्त ध्यानाकर्षणसमेत गराएकाे छ ।