ठूलो धनराशी पुरस्कार रहेको तेस्रो गाति सेभेन ‘ए’ साइड फुटबल मंगलबारबाट सुरु

असोज ११, गाती (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ गातिमा तेस्रो गाति सेभेन ‘ए’ साइड फुटबल प्रतियोतिा आजबाट सुरु भएको छ । गातिको श्री कालिदेवी माध्यामिक विद्यालयको प्राङगनमा सुरु भएको उक्त प्रतियोगिातको उद्घाटन बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुञ्जो शेर्पाले गरेका थिए ।

कार्यक्रमको उदघाटन सत्रलाई सम्बोधन गर्दै पूर्व मेयर शेर्पाले गातीमा युवाहरुको जोशजाँगर, आमाहरुको स्वयमसेविका काम देखेर आफु उत्साहित भएर मेयर हुँदा खेलकुद मैदानको लागि आधारकरोड रकम नगरबाट हाल्न सकेको बताए । आफु व्यापार व्यवसायीमा रहँदा निरन्तर समाज सेवा गरेको स्मरण गर्दै पूर्व मेयर शर्पाले हाल आफु सरकारमा नरहेपनि खेल क्षेत्रको लागि निरन्तर सहयोग गर्ने बताए । कांग्रेसले नगर जितेपछि निरंकुश लादेको बताउँदै शेर्पाले वडामा छुट्याईएको बजेट कटौति गरिएको बताए । आफु मेयर हुँदा एककरोड २० लाख सम्म वडामा बजेट हालेपनि पछिल्लो जनप्रतिनिधिले ५० लाख भन्दा बढी नदिएको भन्दै जनतालाई सचेत हुन आग्रह गरे । ‘जनताको घरमा पिउने पानी छैन तर ठूला नेताको घर अगाडि मात्रै पिच हुन्छ’, शेर्पाले भने । नगरपालिकामा भ्रष्टचारले सिमा नाघेको समेत आरोप लगाए । कार्यक्रममा पूर्व वडाअध्यक्ष मोहनलाल श्रेष्ठ लगाएतले सम्बोधन गरेका थिए । १० टिम सहभागी रहेको उक्त प्रतियोगिातको समापन १५ हुनेछ ।

बडा दशैंको शुभअवसरमा गाती युवा क्लवद्वारा आयोजित प्रतियोगितामा प्रथम पुरस्कार टर्फी सहित एकलाख, दोस्रो पुरस्कार ५० हजारको राशी रहेको क्लवका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए । ‘समृद्विको लागि फूटबल, दक्ष र अनुशासित खेलाडि उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ भाद्र १८ गते देखि टिम दर्ता गरेर आयोजनाको अन्तिम तयारीमा लागेको क्लवले बाह्रबिसे नगरपालिका तथा नेपालभर रहेको प्रतिभावान, क्षमतावान युवा खेलाडीहरुको कौशलता प्रस्फुटन गर्ने पवित्र उद्देश्यका साथ सुरुवात गरिएको उनको भनाई छ ।

अनलाईनबाट पनि दर्ता गर्ने व्यवस्था मिलाएको उक्त क्लवले टिम दर्ताको लागि ८ हजार शुल्क लाग्ने उल्लेख गरेको छ । ट्रफि, मेडल प्रमाणपत्र सहित ठूलो धनराशीको पुरस्कार रहेको उक्त प्रतियोगिताको प्रत्येक खेलमा मेन अफ द म्याच घोषणा गरिने आयोजक टिमका एक सदस्य भुषण श्रेष्ठले जानकारी दिए । प्रतियोगिता उदघाटनको प्रमुख अतिथि भने तय भईनसकेको राजिव गुभाजुले बताए । उनका अनुसार केही पैसा नगरपालिकाले सहयोग गरेको भएपनि अन्य रकम भने सहयोग संकलन गरिएको गुभाजूको भनाई छ ।