बनसाँघुमा १ करोड ११ लाखको पुस्तकालय भवन बन्ने
निर्मल बस्नेत
१० असोज, लामोसाँघु (सिन्धुपाल्चोक) । बलेफी गाउँपालिका वडा नम्बर ८ स्थीत बनसाँघु माध्यमिक बिद्यालयमा १ करोड ११ लाखको पुस्तकालय भवन बन्ने भएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सुचना संचार मन्त्री मोहन बहादुर बस्नेतले सोमवार एक कार्यक्रमको विच उक्त बन्दै गरेको भवनको सिलान्यास गरेका हुन् । उक्त भवन बस्नेतको समन्वयमा सुनकोशी गाउँपालिका यमुनाडाँडाका बिनोद थापाको पहलमा बेलायत बस्ने नेपाली ब्रीटिस आर्मीको परिवारबाट संकलित रकमबाट बन्न लागेको हो ।
भवन सिलान्यास तथा शुभकामना आदनप्रदान कार्यक्रमका प्रमुख अथिती बस्नेतले बन्दै गरेको भवन अन्तराष्ट्रियस्तरको अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको बताए । उनले भने सिन्धुपाल्चोक बिपद्ग्रस्त जिल्ला हो, विपद् कसरी के कारणले हुन्छ र व्यवस्थापन कुन विधि अपनाउन सकिन्छ भन्ने कुराहरु समेटिनु पर्ने कुरामा जोड दिदै पुस्तकालयकोे थप विकास र संरक्षणको लागि आफु संरक्षक भएर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका विषेस अतिथी सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी बेदनीधि खनालले पुस्तकालय सिन्धुपाल्चोकको आवश्यकतालाई मध्यनजर गरि घट्नापरक,खोजमुलक, बहुआयामिक, बहुउदेश्यीय र नमुनायोग्य बन्न सकोस् भन्ने कामना गरेका थिए ।
त्यस्तै कार्यक्रमको विषेस अथिती नेपाली काङ्ग्रेसको महासमिती सदस्य राजेन्द्रकुमा श्रेष्ठ र पूर्व अरनिको यातायात समिमिको अध्यक्ष केदार क्षेत्रीले सिन्धुको बिकासको लागि आगामी निर्वाचनमा मोहनबहादुर बस्नेत नै आवश्यक रहेको भन्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख,संचारकर्मी, नेपाली काङ्ग्रेसको नेता, कार्यकर्ताहरु र स्थानीयको उपस्थीतीमा वडाध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।