तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा सोमबारबाट निजी क्षेत्रलाई

दिनेश दुलाल
असोज १०, लार्चा (सिन्धुपाल्चोक) । नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य नाका तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापनको कार्य पहिलो पटक निजी क्षेत्रले प्राप्त गरेको छ ।

कार्यक्रमको उदघाटन गर्दै च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष तथा पूर्व पर्यटन राज्यमन्त्री डा.राजेशकाजी श्रेष्ठ ् ।

निजी क्षेत्रको टर्मिनल मेनेजमेन्ट कम्पनीको रुपमा ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडले व्यवस्थापकीय जिम्मेवारी पाएको हो । कम्पनीले सोमबार औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरी व्यवस्थापकीय जिम्मेवारीको शुभराम्भ गरेको घोषणा गरेको हो । सिल्क कम्पनीलाई आगामी पाँच वर्षको लागि सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको इन्टर मोडेल यातायात विकास समितिले यस अघिनै सार्वजनिकीकरण गरिसकेको छ ।

लार्चा स्थित सुख्खा बन्दरगाहमा सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथि च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष तथा पूर्व पर्यटन राज्यमन्त्री डा.राजेशकाजी श्रेष्ठले कार्यक्रमको समुदघाटन गरेका हुन् ।

उदघाटन पछिको मन्तव्य राख्दै पूर्व पर्यटन राज्यमन्त्री श्रेष्ठले नेपाल भुपरिवेष्ठित मुलक भएको कारणले सुख्खा बन्दरगाहको अवधारणा आफू मन्त्रालयमा हुँदा ल्याएको बताए । सुख्खा बन्दगाह व्यवसायीहरुलाई केही सहुलयित सहित सहजीकरण होस भनेर सुख्खा बन्दरगाहको अवधारणा आएको बताए । चीनतर्फ सानो समस्या आउने वित्तिकै नाका बन्द गर्ने गरेको उदाहरण प्रस्तुत गर्दै श्रेष्ठले नेपाल सरकारले आफ्नो क्षेत्रमा सडक समेत मर्मत नगरेर झनै समस्या बनाएको टिप्पणी गरे । ‘मन्त्रालय अगाडि हामी पनि अनसन बसेर दवाव दिएपछि मात्र बन्छकी ?’प्रतिप्रश्न गर्दै श्रेष्ठले भने ।

कोभिडका बेला पारवहनले सरकारसंग छुट माग्दा नदिएको प्रसंग कोट्याउँदै श्रेष्ठले व्यवस्थापकीय जिम्मेवारी लिएर लगानी गरेका निजी कम्पनीहरुको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने समेत बताए । भैपरि हुने घटनाका मध्यनजर गर्दै छुट माग गर्न समेत उनले सिल्क कम्पनीलाई आग्रह गरे । चाइना सरकारले नाका सञ्चालन गर्नको लागि नेपालसंग कुनै सम्झौता नगरेको उनले ठोकुवा गरे । चिनिया पक्षले दिनको १५ गाडी पठाएको भनिएपनि झुटो भएको उनको ठहर छ । सहज रुपमा नाका सञ्चालन गर्न नेपाल सरकारको अर्थमन्त्रालयले चासो नदिएको उनको आरोप छ ।

सुख्खा बन्दरगाहमा कन्टेनर मात्र नभई खुल्ला ट्रकमा सामान ल्याउन पहल गर्नुपर्ने उनको भनाई छ । व्यवस्थापकीय जिम्मेवारी दिंदा न्युनतम मूल्य राखेर टेन्डर गर्नुपर्ने उनले तर्क राखे त्यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले नाकालाई सहजरुपमा सञ्चालन गर्न कुटनीति पहलबाट मात्र सम्भव हुने धारणा राखे । कार्यकक्रममा हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदबहादुर श्रेष्ठ लगाएतले नाका सहजरुपमा खोल्न आफूहरुले सरकारलाई निकै घचघचाएपनि सुनुवाई नभइको बताए ।

कार्यक्रममा नेपाल ईन्टर मोडल यातायात विकास समितिका प्रमुख प्रशासकीय अधिकृत आशिष गजुरेलले नेपाल ईन्टर मोडल यातायात विकास समिति अन्र्तगत ७ वटा एकीकृत जाँचचौकी र सुख्खा बन्दरगाह सञ्चालनमा रहेको बताए । राज्यमा बसेर समितिले निजी क्षेत्रसंग सहकार्य गरेको उनले बताए । जसअनुसार समिति र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको उनले बताए । सम्झौता अनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाएको बताए । उनका अनुसार तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलो पटक निजी क्षेत्रलाई दिइएको हो । नेपाल ईन्टर मोडल यातायात विकास समिति सहजीकरणको लागि जम्एिको संस्था भएको बताउँदै गजुरेलले चुस्त दुरुस्त व्यवस्थापन गर्न व्यवस्थापकीय जिम्मा पाएको सिल्क कम्पनीलाई आग्रह गरे ।

कार्यक्रमका सभापति एवम ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडका डाईरेक्टर रमेश शेर्पाले सुख्खा बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारीका लागि आफू एक्लैले गर्न सक्ने भएपनि विराटनगरको ट्रान्स नेपाल जेवी भन्ने कम्पनीको समेत फर्म राखेर टेन्डर प्राप्त गरेको बताए । सुख्खा बन्दरगाहलाई अन्र्तराष्ट्रिय व्यापार व्यवसाय प्रयोजनको लागि सदुयोग गर्नेगरी संरचना तथा कानुनी अधिकार प्राप्त गरेपनि सिल्कले त्यो प्राप्त गर्न नसकेको धारणा राख्दै शेर्पाले त्यसैको सहजताका लागि सिल्क कम्पनीले ट्रान्स नेपाललाई भिडाएको बताए । आगमी दिन कम्पनीले ग्लोब बिजेनेसको अवधारणा अनुसार अगाडि बढ्न चाहेको बताए ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको अत्याधुनिक तातोपानी सुख्खा बन्दरगाह भन्सार २०७६ असार ३ गते समितिलाई हस्तान्तरण भएको थियो । हस्तान्तरणको ६ महिनासम्म कार्यालय सञ्चालनको काम समितिले नै गरेको थियो। २०७६ पुस १६ गतेदेखि बन्दरगाह सञ्चालन तथा व्यवस्थापको कार्य सरकार स्वामित्वको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्दै आएको थियो ।
यो बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिन समितिले गएको जेठ ११ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौँ र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन होलेका थिए । प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको थियो ।

उनका अनुसार ट्रान्स सिल्क टर्मिनल विराटनगरको कम्पनी हो । ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेवापत समितिलाई पाँच वर्षको ११ करोड ७० लाख रुपैयाँ बुझाउने छ । बन्दरगाह सञ्चालन, सरसफाई, गोदाम व्यवस्थापन, लोड÷अनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब ट्रान्स सिल्कले गर्ने छ । आज भएको उक्त कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी, मजदुर तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो