महाअभियानः राष्ट्र पहिलो, स्वाभिमान नेपाल

मेघ आले

हामी सदियौं देखि विभिन्न वादका नाममा शासित भयौं तर नेपाल र नेपालीको अवस्थामा कुनै परिवर्तन आएन । हामीले परिवर्तनको चाहना पुरा गर्न विभिन्न आन्दोलन ग¥यौं । ति आन्दोलनहरुमा कतिपय हाम्रा हजुरबा, हजुरआमा, आमा, बा, दिदी, बहिनी, दाजुभाईले बलिदानी दिनुभयो । के ति वलिदानीले सार्थकता प्राप्त ग¥यो त ? ति वलिदानी नेपाल राज्यको सार्वमौमसत्ताको रक्षा तथा नेपाली जनताको समृद्धिको चाहना थिएन र ? के ति पुरा भए त ? अहँ त्यो पुरा हुन सकेन । किन पुरा हुन सकेन ? आज हामीले त्यसको बारेमा विचार गर्नु पर्ने वेला आएको छ । नेपाल राज्यको सार्वमौमसत्ताको रक्षा तथा नेपाली जनताको समृद्धिको चाहना पुरा गर्ने सपना देखाउने नेताहरु आखिर किन असफल भए त ? समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न मेरो निष्कर्ष यस्तो छ –

साँचोः आयातितवाद, लम्पसारवाद, भ्रष्टाचारवाद, नातावाद, कृपावाद जस्ता ७२ वर्ष पुरानो साँचो को काम छैन किन ?
माटोः त्यो साँचोमा जस्तै उर्वर माटो हाले पनि खोट भएको ईंटा नै निस्कियो, त्यो साँचोमा पसी हजÞारौं राम्रा पनि भ्रष्टाचारको कÞुलतमा फँसे । हजÞारौं युवा शहीद भए, आफ्नो जीवन बलिदान गरे, त्यो बलिदान साँचोको निम्ति नभै देशको निम्ति थियो, त्यो साँचोमा खोट छ, फेर्नुको विकल्प छैन, यसले देश निर्माण गर्न सक्दैन । अर्को ५० वर्ष यहि साँचोको प्रयोग गरियो भने फरक नतिजा आउछ त ? आउँदैन । त्यस्कारण त्यो पुरानो साँचोमा माटो हाल्न बन्द गरौ ।

सोंचः हाम्रो तन ढाक्ने लुगा ढाकाटोपी बाहेक सबै आयातित, त्यसलाइ बनाउने धागो पनि आयातित हुन सक्छ । हामीले खाने खाद्यन्न ९७ % आयातित छ । अझ पनि हाम्रो देश कृषि प्रधान देशको रटान दिन छाडेका छैनौ । हाम्रो देशको अर्थतन्त्र रेमिटेन्समा चलेको छ । त्यसमाथि हरेक दिन किला ठोकेकÞो १०–१२ लाशको बाकस त्रिभुवन अन्तराष्टी«य विमान स्थलमा आइपुग्छ । त्यहीनै हो हाम्रो देशको आयातित अर्थतन्त्र सबै भंदा ठुलो र महत्वपूर्ण भनेकै सोंच हुदोरहेछ । त्यो पनि आयातित माक्र्ससवाद, लेलिनवाद, माओवाद, युरोपवाद, भारतवाद, अमेरिकावाद, लम्पसारवाद र अहिले थप भ्रष्टाचारवाद, नातावाद, कृपावाद, खै काहाँ त हाम्रो आफनै माटोको आफ्नै वाद नेपालवाद ?
आयातितवाद बहिष्कार गरौ, स्वार्थवाद, नातावाद, कृपावाद बहिष्कार गरौ । राष्ट्र पहिलो, स्वाभिमान नेपालको सोंचलाई आत्मसात् गर्दै हामी अगाडि बढ्न जरुरी छ साथी हो ।

संस्कारः सोंचबाट नै संस्कारको जन्म हुन्छ । नेपालको लुम्बिनीमा जन्मिएका हिन्दु राजकुमार सिद्धार्थ गौतमले खÞोजेको मानववादलाइ नेपालवाद मान्न मिल्ने कि नमिल्ने ? नमिल्ने भए किन नमिल्ने ? मिल्ने भए त्यस्को अनुसरण किन नगर्ने ? जस्को सार अहिंसा, शान्ती र सद्भावले संसार जित्न सकिन्छ भन्ने नै हो । त्यहि मूल्य मान्यता संस्कारलाइ अघि बढ़ाई गान्धी, लिंकन, मण्डेलाले संसार जिते, संयुक्त राष्ट्रसंघ (ग्ल्) ले पनि यसैको अनुसरण गरेको छ । बुद्वले प्रतिपादन गरेको पञ्चशीलका आधार र मूल्य मान्यतालाइ हाम्रो समाज÷देशको संस्कारमा पुनरजागृत गाराउनु आजको आवश्यकता हो, त्यही नै नेपालवाद हो ।

राजनीतिक संस्कारले सामाजिक संस्कारमा गहिरो प्रभाव पार्दछ नै, त्यसको प्रत्यक्ष परिणाम हाम्रो समाज र देश हेरे पुग्छ ।
अहिले हामी कस्तो संस्कारमा बाँचीरहेका छौ त ? र हाम्रा भविष्यको सन्ततीले कस्तो संस्कार पाउने छन त ? सोच्दा पनि काहाली लाग्दछ, साथी हो । आयातितवाद, भ्रष्टाचारवाद, नातावाद, कृपावाद र दन्डहिनताको संस्कारले यो देश रहला त ?
नेपालवादको पञ्चशील हाम्रो संविधानले प्रतिपादन गरेको निम्न मूल आधारलाइ मान्न सकिन्छः
१ः लोकतन्त्र (गणतन्त्र)
२ः संघियता,
३ः समावेशिता,
४ः धर्मनिरपेक्षता
५ः असलग्न विदेश नीति, पञ्चशीलकै आधारमा ।

राष्ट्रिय स्वतन्त्र पार्टीले हाम्रो संविधानमा लेखिएको पञ्चशीललाइ आत्मसात् गर्दै संवैधानिक समाजवादको अवधारणालाइ अघी सारेको छ ।
यो पञ्चशीलको जगमा राष्ट्रको समृद्धि र समुन्नति खोजिनु अपरिहार्य छ र हाम्रो संविधानले निर्देशित गरेको छ । हाम्रो राष्ट्रिय गीतको भाव, अर्थ, व्याख्या र मर्म, त्यस प्रतिको उत्तरदायित्व, राष्ट्र पहिलो, स्वाभिमान नेपालको सोंचको उत्थान र पुनरजागरणको संस्कारको थालनी नै नेपालवाद हो ।

त्यसकारण, देशको भविष्य युवा हुन, त्यो मान्यता ठीक हो भने उनीहरूलाइ विश्वास किन नगर्ने, म पनि युवाहरूको पार्टी रवि लामिछाने नेतृत्वको रास्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भै राष्ट्र र जनताको सेवा गर्न मैदान मा उत्रिएको छु । यी सबै विषय मनन गरी तपाईहरूलाइ पनि आव्वाहान गर्द छु, आउनुहोस साथी हो, हामी सबै मिली अघी बढौं ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फ आदिवासी जनजाति क्लस्टरमा मेरो उमेदवारी समेत रहेको हुँदा आफू र आफन्तहरुबाट मतदान गर्नको लागी अनुरोध गर्दछु र घण्टी चिन्हमा भोट हाली अत्यधिक मतले जिताइ परिवर्तनको संवाहक बन्न हार्दिक अनुरोध गर्दछु । नेपालवाद, जिन्दावाद ।
लेखक ः राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार हुन् ।