प्रथम वडाअध्यक्ष कप २०७९ दुगुना सम्पन्न

असोज ९, तातोपानी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिका अन्तर्गत वडा नं ३ मा प्रथम वडा अध्यक्ष फुटबल कप २०७९ सम्पन्न भएको छ । आयोजक वडा कार्यालयको आर्थिक लगानीमा फ्रेण्डसिप युवाक्लब, दुगुना आयोजनामा भएको हो ।
नेपालीहरूको महान पर्वहरू ( विजय दशमी, शुभ दिपावली, छठ ) नजिकिदैँ गएको शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न उक्त खेल आयोजना गरिएको हो ।

उक्त खेलमा कुल ८ टिमको सहभागी रहेको थियो । खेलमा सहभागी हुन भोटेकोशी गाउँपालिका अन्तर्गतका क्लबहरु मात्र समावेश गरिएको आयोजकले जनाएको छ ।
शुक्रबार भएको फाइनल खेलमा आयोजक टिम र दशकिलो युनाइटेड ( दशकिलो ) बिच को खेल मा १–४ को गोल स्कोर भएको थियो । फाइनल खेल जितेको दशकिलो युनाइटेले शिल्ड, मेडल , प्रमाणपत्र तथा नगद रु २० हजार प्राप्त गरे भने दोस्रो हुन सफल आयोजक टिम श्री फेण्डशिप युवा क्लब ले मेडल , प्रमाणपत्र तथा नगद रु १०००० प्राप्त गरेका छन् ।

त्यस्तै हाइ गोल स्कोरर्र मा बहादुर शेर्पा ( दशकिलो युनाइटेड), सर्वउत्कृष्ट खेलाडीमा सबिन तामाङ (फ्रेण्डसिप युवा क्लब) र उत्कृष्ट गोलकिपर मा अभिषेक लामा ( दशकिलो युनाइटेड ) ले हात पारेका छन् । प्रत्येक वर्ष यसैगरी आफ्नो कार्यकाल सम्म वडा अध्यक्ष कपलाइ निरन्तर रहने वडा अध्यक्ष निमासोना शेर्पाले प्रतिबद्धता जनाए ।