
जनजागरण अभियनमा सक्रियता बढाउँदै अखिल क्रान्तिकारी

९ भदौ, मेलम्ची । माओवादी निकट अखिल क्रान्तीकारी सिन्धुपाल्चोकले विजय दशमी, शुभ दिपावली तथा आसन्न पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
क्रान्तिकारीले कहिले बक्तृत्वकला, कहिले हाजिरीजवाफ त कहिले साँस्कृतिक कार्यक्रम गरि रचनात्मक काममा ब्यस्त भएको छ । आईतबार क्रान्तिकारीले मेलम्चीमा गरेको कार्यक्रम बागमति प्रदेश सरकारको पूर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य युवराज दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । दुलालले आउँदै गरेको चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गदै अब यो देश बनाउन युवाहरु लाग्नैपर्ने र इन्टरनेटको जमाना भएकोले सिर्जनात्मक रुपले संगाठनको निम्ती सबैले प्रचार प्रसार गरि अगाडि बढ्न आग्रह गरे ।
यस्तै अनेरस्ववियु (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष पञ्च सिङले देशमा जनतालाई परेको मार, गरिबी हटाउन, गुणस्तरीय स्वास्थ्य र शिक्षाको लागि अनेरस्ववियु सधै लागिपर्ने बताईन् । अनेरस्ववियुले जात, धर्म, लिङ्ग, भाषाको आधारको हुने विभेदलाई सधै विरोध गर्ने पनि सिङको भनाई छ ।
विशेष अतिथि अनेरस्ववियु (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष पञ्च सिङ र नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्रिय सदस्य चन्द्र बहादुर थापा, अतिथिहरु गोविन्द पराजुली, प्रसोद कार्की, सिवराम दगाँल, मनोज सापकोटा, मिलन लामा, यम प्रसाद सापकोटा लगायत उपस्थिती थियो । सिन्धुपाल्चोक भित्रको विभिन्न विद्यालय र क्याम्पसको अखिल(क्रान्तिकारी) मा संगाठित ३ सय हाराहारी विद्यार्थी नेताहरु सहभागी रहेको जिल्ला सदस्य सुप्रीन्स कसजुले बताए ।
कार्यक्रमको मुल नारा सम्पुर्ण वामपन्थी, प्रगातिशील तथा जनतान्त्रिक विद्यार्थीै एक हौं भन्ने रहेको थियोे । अनेरस्ववियुको जिल्ला समितिको अध्यक्ष क्षितिज तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विभिन्न संस्कृतिक प्रस्तुतिकासाथ भव्य रुपमा सम्पन्न भएको थियोे ।