सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बच्चु पौडेल

असोज ८, काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बच्चु पौडेल चयन भएका छन् ।
सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा तथा चौथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा नया संचालक समिती चयन भएको हो । जसमा उपाध्यक्ष नेत्र पौडेल, सचिव प्रह्लाद थापा, कोषाध्यक्ष रामहरी कार्की चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा रामबाबु श्रेष्ठ, कृष्ण क्षेत्री, रमेश श्रेष्ठ, देबीबहादुर खडका, पदम बहादुर मगर छन भने लेखा संयोजकमा अर्जुन वहादुर सापकोटा तथा सदस्यहरुमा लालकाजी कार्की र राम बहादुर गुभाजु चयन भएका छन । संस्थाको साधारणसभा काठमाडौंमा एक होटलमा आज भएको हो । कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत, पूर्व अध्यक्ष बेदबहादुर श्रेष्ठ लगाएत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।