लिसंखुपाखर गाउँपालिकाद्वारा गरिएको आँखा शिविरमा १ सय ७५ ले लिए सेवा

दिनेश दुलाल

असोज ७, जेठल (सिन्धुपाल्चोक) । जिल्लाको लिसंखुपाखर गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरी दुई दिने आखाँ शिवर राखिएको छ । लिसंखुपाखर गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र जिल्ला सामुदायिक आँखा केन्द्र चौताराको आयोजनामा जेठल स्वास्थ्य चौकी शिलढुङगामा आज पहिलो दिन भएको हो ।

जनतालाई स्वास्थ्य सेवा दिने हिसाबले पालिकाको आयोजनामा दुई दिने आँखा शिविर राखिएको गाउँपालिका अध्यक्ष राजु लामाले सिन्धुज्वालालाई बताए । उनका अनुसार पालिकाको दुई भेगलाई समेटेर गरिएको आँखा शिविर पहिलो दिन १ सय ७५ जनाले सेवा लिएका छन् । जसमध्ये १८ जनालाई मोतिविन्दुको समस्या भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजु बस्नेतले जानकारी दिए ।

मोतिविन्दु भएर आँखाको अप्रेशन गर्नु पर्ने विरामीहरुको लागि बाह्रबिसेमा पु¥याएर उपचार गरिने उनले बताए । उनका अनुसार ७ वटा वडा रहेको लिसंखुपाखर गाउँपालिकाको ४,५,६ र ७ वडालाई समेटेर आज शिविर राखिएको हो । त्यस्तै शनिबार १, २, ३ र ४ को आधा वडालाई समेटर लिसंखु स्वास्थ्य चौकी लिसंखुमा हुनेछ ।

सो भेगमा पनि उलेख्य मात्रमा आँखाका बिरामीहरुले उपचार सेवा लिने स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए । पालिकाले नियमित रुपमा गर्ने आँखा शिविर अलवा महिलाहरुमा आङ खस्ने समस्या लगाएतको समेत शिविर राखेर जनतालाई स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याईने लक्ष्य रहेको बस्नेतको भनाई छ ।

पहिलो दिनको आँखा शिविर कार्यक्रममा २÷३ घण्टा लगाए ६० वर्ष नाघेका जेष्ठ नागरिकहरु सेवा लिन शिलढुङेगा आएका थिए । शिविर विहान ११ बजे देखि दिउसो ४ बजे सम्म सञ्चालन भएको थियो । आँखा शिविर राखेर जनताको पालिकाले जनताको मन जितेको ठूलो धादिङकी ६५ वर्षीय सञ्चमायाँ तामाङले प्रतिक्रिया दिईन । लिसंखुपाखर–५ बर्नाका ७९ वर्षीय मिङमार तामाङ आफुलाई मोतिन्दिु भएर अपरेशन गर्न पर्ने भएपनि पालिकाले संयोग गर्ने आश्वासन पाएको बताए । अशक्त तथा अपाङगता भएका नागरिक तथा जेष्ठ नागरिक गाउँबाट आउन नसक्नेहरुलाई गाउँपालिकाले दिने स्वास्थ्य सेवालाई अझ टोल टोलमै पु¥याईदिन जनप्रतिनिधिलाई जेष्ठ नागरिकले आग्रह समेत गरेका छन् ।