उज्यालोको १४ औँ बार्षिक साधरणसभा सम्पन्न, अध्यक्षमा पुनः कार्की

निर्मल बस्नेत
असोज ४, चौतारा । उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौताराको चौधौ बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । संस्थाको अध्यक्षमा पुन ः राम बहादुर कार्की सर्वसहमत चयन भएका छन् ।

सहकारीको छैठौं अधिवेशनबाट उपाध्यक्षमा टंक कार्की र कोषाध्यक्षमा ललित राना सर्वसम्मत चयन भएका हुन् । सचिव र ७ सदस्यका लागी मतदान भएको हो । सचिवमा सचिव सन्जिव तामाङ र चन्द्र वहादुर खत्री बीच प्रतिस्पर्धा भएकोमा खत्रीले तामाङलाइ १ सय ९७ मतको अन्तरले पराजित गरीखत्री बिजयी भएका छन् । भने ७ सदस्यको लागि १७ जनामा प्रतिस्पर्धा भएको हो । जसमा तारा देबि खत्री, सारादा पुरी, निमप्रसाद ढुङ्गाना, हरिकुमार श्रेष्ठ, पितम कुवर, अमर घले र लोकबहदुर कार्कि बिजयी भएका छन् ।साधरण सभामा १३ सय १५ जना सेयर सदस्य सहभागी भएकोमा १२ सय ५३ मतदान भएको थियोे ।

साधारण सभाको उदघाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नागरिकको आर्थिक सम्बृद्धिका लागी संस्थाले खेलेको भुमिकाको प्रसंशा गर्दै शेयर सदस्यहरुलाई ऋणको सही सदुपयोग गर्न आग्रह गरे । उनले सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको भन्दै उद्यमशिलता मा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष राम वहादुर कार्कीले अहिले सहकारीमा १७ सय ७१ शेयर सदस्यहरूबाट खरीद शेयर रकम ७ करोड ३ लाख ९५ हजार २ सय शेयर रकम रहेको बताए । सहकारीले आर्थिक वर्ष ०७८।७९ अन्तसम्म २२ करोड १३ लाख ७० हजार ५ सय ५५ रुपैया रकम लगानीमा रहेको जनाएको छ । सहकारीमा भएको जग्गा सकारेर ७ हजार ७ सय २० नाफा समेत भएको कार्कीले बताए । सहकारीले कारोबार नमिलाउने ३७ जनाको सदस्यता खारेज गरीएको र उनिहरुको खातामा रहेको रकमबाट सावा, ब्याज, बिलम्ब शुल्क फरफारक गरी कारोबार मिलान गरेको छ ।

यस्तै कोषाध्यक्ष ललित राणाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष सहकारीले आम्दानीबाट खर्च कटाएर १ करोड ८० लाख ३५ हजार ३ सय ४ रुपैया नाफा गर्न सफल भएको बताए । यो वर्ष सहकारीले मंहगि राहत बापत हरेक शेयर सदस्यलाई अवधिका आधारमा २ हजारदेखि ८ हजारसम्म उपलब्ध गराएको छ ।

कार्यक्रममा उपाध्यक्ष टंक कार्कीले स्वागत र सचिव संन्जीव तामाङको सञ्चालनमा भएको थियो । सोमबार श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गण चौतारामा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।