आत्माहत्या न्यूनिकरणका लागि चौतारामा प्रभातफेरी

असोज ३, चौतारा । समाजमा हुने गरेका आत्महत्या न्युनिकरणका लागि चौतारामा प्रभातफेरी तथा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
समुदायमा पछिल्लो समय तिव्र रुपमा वृद्धि भइरहेको आत्माहत्याको दर न्यूनिकरणमा सचेतना जगाउन भन्दै प्रहरीको संलग्नतामा चौतारामा प्रभातफेरी सहित अन्तरक्रीया गरीएको हो । सिन्धुपाल्चोकमा पछिल्ला वर्षको अबधिमा दुई महिनाको बिचमा १४ जनाले आत्महत्या गरेको प्रहरी भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा १ सय १५ र २०७७÷०७८ १ सय ७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङक छ ।
सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि लकडाउनको समयमा भने आत्मा हत्याका घटनाहरुमा बृद्धि भएको प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवको भनाई छ ।

आत्माहत्या बढ्नुका पछाडी सामाजिक, परिवारिक, प्रेम, एक्लोपन र मानासिक कारणहरुका रहेको प्रहरीको ठम्याई छ । सोही सन्दर्भमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले सिन्धुपाल्चोकमा आत्महत्याको चित्र डरलाग्दो तरीकाले आउनु चिन्ताको बिषय रहेको भन्दै न्युनिकरणको लागि सबै पक्ष लाग्नुपर्ने धारणा राखेका थिए ।