तारामुमो नेपालको अध्यक्षमा रेशम स्याङ्बो

निर्मल बस्नेत
३१ भदौ, चौतारा । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल सिन्धुपाल्चोक जिल्लाको चौंथो जिल्ला भेला चौतारामा एक कार्यक्रमकको विच सम्पन्न भएको छ । भेलाले सर्वसहमत रुपमा रेशम स्याङ्बो अध्यक्षमा कार्यसमिति चयन गरेको छ ।
शहीद स्मृति प्रतिष्ठान चौतारामा सम्पन्न भेलाबाट स्याङ्बोको नेतृत्वमा ५१ सदस्य जिल्ला समिति चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) को विभिन्न जातीय मुक्ति मोर्चा मध्य तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल एक हो । उक्त मोर्चाको उपाध्यक्षमा बीरमान तामाङ, कृष्णजंग तामाङ, तिर्थ वाइबा तामाङ, परिमाया तामाङ सचिवमा कालिप्रसाद लामा, सहसचिवमा फुर्वा तामाङ र गणेशबहादुर तामाङ चयन भएका छन् ।

तामाङ मुक्ति मोर्चाको नवनिर्वाचित अध्यक्ष रेशम स्याङबो

भेला कार्यक्रम नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका जननिर्वाचित नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सापकोटाले तामाङ जातीको मुक्तिका साथै आम वर्गीय मुक्तिको लागि स्थापना भएको मोचालाई बस्तुवादी योजना निर्माण गरि जनस्तरसम्म प्रभावकारी काम गर्नमा जोड दिन निर्देशन गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा सुवोधले जनयुद्धकालिन अवस्थादेखी हालसम्म पार्टी गतिविधिमा मोर्चाले खेलेकको भूमिका र प्राप्त गरेको उपलव्धीको चर्चा परिचर्चा गरे । सो क्रममा उनले पार्टीले २०७९ बैशाख ३१ म सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पार्टीले खडा गरेको ३ जना उम्मेदवारले जनविस्वास पाएर विजय हासिल गरि स्थानीय सरकार प्रमुख हुनुमा मोर्चा र आम समुदायको आसा र भरोसाको पार्टी माओवादी नै भएको दावी प्रस्तुत गरे । युवा नेता सुबोधले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफुले पनि भाग लिने र सो प्रकृयाको लागि पार्टीले खटाएको मार्चामा आफुलाई विस्वस्त रहेको बताए । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य अमृता नेपाल, जनुद्धकालिन तामाङ नेता पार्टी बाग्मी प्रदेश सचिवालय सदस्य लालकान्छा तामाङ, वागमती प्रदेश कमिटी सचिवालय सदस्य चन्द्रबहादुर थापा, जिल्ला पार्टी सह ईन्चार्ज प्रेमप्रसाद सापकोटा जिल्ला संयोजक गोविन्द पराजुली बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा जिल्लाको १२ वटै स्थानीय तहको प्रतिनिधीहरुको उत्साहजनक सहभागिता रहेको थियो । तामाङ समुदायको मौलिकता झल्कने सांस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमको सहजीकरण तामाङ युवा नेता मिलन लामाले गरेका हुन् ।

यस्तो छ ५१ सदस्यीय जिल्ला समितिको विवरण

अध्यक्ष– रेशम स्याङ्बो
उपाध्यक्ष– बीरमान तामाङ, तिर्थ वाइबा तामाङ, परिमाया तामाङ
सचिव– कालिप्रसाद लामा
सहसचिव– फुर्वा तामाङ र गणेशबहादुर तामाङ
सदस्यहरुः
हर्कबहादुर तामाङ
लवाङ तामाङ
सविता लामा
दिनेश तामाङ
रामसिं स्याङ्बो
सपना स्याङ्बो तामाङ
तोकबहादुर तामाङ
सुगम वाईवा
लाक्पा तामाङ
विष्णु तामाङ
सिराज वाईवा
लिलामान दोङ
कृष्णबहादुर तामाङ
सागर मोक्तान
पेमा तामाङ
बीरबहादुर तामाङ
सविता तामाङ
सञ्जु तामाङ
अक्कलबहादुर तामाङ
प्रेमकुमार तामाङ
विष्णुमाया तामाङ
चमेलीमाया तामाङ
श्याम युगल
सूर्यबहादुर तामाङ
कान्छाराम तामाङ
बीरबहादुर तामाङ
मोहनबहादुर तामाङ
बुद्धिबहादुर तामाङ
राजेन्द्र मोक्तान
साङ्गे तामाङ
सुवास तामाङ
लाक्पा तामाङ
मेनुका तामाङ
विषमाया तामाङ
रोषत तामाङ
रेशम तामाङ
प्रेम तामाङ
नेत्रबहादुर तामाङ
बलबहादुर तामाङ
माईला योञ्जन
धावा तामाङ