जन्मभूमिले गर्याे १ दिवसीय भोजन कार्यक्रम

निर्मल बस्नेत
२०७९ भाद्र ३१, चौतारा । जन्मभूमि सामाजिक संस्थाले चौतारामा १ दिवसीय भोजन कार्यक्रम सम्पन्न गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ मा रहेको बौद्धिक अपाङ्गता आमा समूहले संचालन गरेको स्याहार केन्द्रमा भोजन कार्यक्रम गरेको हो । उक्त स्याहार केन्द्रमा ८ जना वालवालिकाहरु अध्ययनरत रहेका छन् ।

कार्यक्रममा बौद्धिक आमा समूह अध्यक्ष जानकी श्रेष्ठले जन्मभूमिले २ पटकसम्म सहयोग पु¥याएकोप्रति आभार व्यक्त गरिन् । भिन्तुना नेवा आमा समूहले स्वागत गरेको थियो १ वर्षमा २६ वटा कार्यक्रम कार्यक्रम सम्पन्न गरेको जनाएको छ । सामाजिक संजालवाट टिकटक जोडिएर देशभर कार्यक्रम गरेको जानकारी प्राप्त भएको छ ।

नेपाल पत्रकार महासंघको अध्यक्ष जीवन श्रेष्ठले सामजिक संजालको सदुपयोगले केहि गर्न सकिन्छ भन्ने उदाहरण जन्मभूमिले दिएको चर्चा गरे । सिन्धुपाल्चाकमै दर्ता दर्ता गरेर कामहरु गरेको हो ।

संस्थ्याका सल्लाहकार नरमान श्रेष्ठले अरुसरह अपाङ्ग भएका हरुले बाँच्न र खान पाउनुपर्छ भन्ने उद्देश्यले वौद्धिक अपाङ्गता होस्टल स्थापना गरेको उल्लेख गरे । जन्मभूमीवाट वैद्धिक अपाङ्गता आभिभाव संघको लागि ५ हजार नगद प्रदान गरेको छ ।

जन्म भूमिको अध्यक्ष गीता श्रेष्ठले लुकेका समस्यालाई बाहिर ल्याउने र त्यस उपर साथ सहयेग गर्न सकएको बताइन् । जन्मभूमिको अभियानमा देश बिदेशबाट सहयोग प्राप्त भएको ब्यक्तिगत बिवरण समेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण संस्थाको आजिवन सदस्य धन बहादुर श्रेष्ठले गरेका थिए ।