![](https://www.sindhujwala.com/wp-content/uploads/2022/09/majdur-1.jpg)
अखिल नेपाल यातायात मजदुर संंघको केन्द्रीय अध्यक्षमा दिपक केसी
![](https://www.sindhujwala.com/wp-content/uploads/2022/09/majdur-1.jpg)
भदौ २८, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संंघको केन्द्रीय अध्यक्षमा दिपक केसी निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट यातायात मजदुर संघको आईतबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भएको सातौं राष्ट्रिय सम्मेलनबाट केसीको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको सो संगठनले जनाएको छ ।
संगठनले दिएको जानकारी अनुसार नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा सुन्दर केसी, उपाध्यक्षहरु कुमारी साह, चक्र खत्री, लिला प्रधान, डम्मर सिंह ठकुरी चयन भएका छन ।
यसैगरी सम्मेलनबाट महासचिव शरद सुवेदी, उपमहासचिव जय केसी, बिष्णु गुरुङ, घनश्याम डाँगी साथै सचिवहरुमा हरि निरौला, रंगनाथ तिमल्सिना, जानुका गौतम, सूर्यभक्त पौडेल, दिल बहादुर नेपाली, ललित मल्ल र कोषाध्यक्षमा लोकमणि खतिवडा निर्वाचत भएका छन् ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यमा भएको उक्त सम्मेलनमा माओवादी केन्द्रका पिविएम गंगा कार्की, ट्रेड युनियन अध्यक्ष जगत सिम्खडाको विशेष आतिथ्यमा भएको हो ।
सम्मेलनको शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि तथा विशेष अतिथि लगाएतले यातायात मजदुरहरुको भविश्य समाजवादी व्यवस्थामा मात्र सम्भव हुने भएकोले सो दिशामा लाग्न आधार तयार गर्नुपर्ने लगाएत धारणा राखेका थिए । सम्मेलन सफलताको शुभकामना दिन नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी पार्टी निकट यातायात मजदुर संघका अध्यक्षहरुका साथै यातायात व्यवसायी संगठनका नेताहरुको समेत उक्त सम्मेलनमा सहभागिता रहेको थियो ।
सार्वजनिक यातायात क्षेत्रमा कार्यरत श्रमिकहरुको हक हित र अधिकार प्राप्तीको लागि मात्र नभएर लाखौ स्वरोजगार श्रमिकहरुको न्यायको लागि निरन्तर संघर्षरत रहने नवनिर्वाचित अध्यक्ष केसीले प्रतिबद्धता जनाए ।
नेपालको यातायात क्षेत्रमा देखिएका भोगिएका बिकृती बिसंगतीहरुलाई निर्मुल गर्न एक भएर अघि बढ्ने उनले विश्वास दिलाए ।