एसईइमा उत्कृष्ट नम्बर ल्याउने सिन्धुका दुई छात्रछात्रालाई वेलफेएर सोसाईटीद्वारा सम्मान

दिनेश दुलाल
भदौ २५, खाडीचौर (सिन्धुपाल्चोक) । एसईइ परिक्षामा उत्कृष्ट नम्बर ल्याउने सिन्धुपाल्चोकका दुई छात्रछात्राई सिन्धु युएसए वेलफेयर सोसाईटिले सम्मान गरेको छ । सिन्धुपाल्चोक जिल्लाबाट २०७८ सालमा माध्यामिक शिक्षा परिक्षा (एसईइ) मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रा दिक्षिका पराजुली र छात्र रामकृष्ण विकलाई नगद सहित सम्मान गरिको हो ।

कार्यक्रमको उदघाटन गर्दै सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) तथा संस्थाका संस्थापक अध्यक्ष वंशलाल तामाङ लगाएत

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले जनही नगद ५१ हजार सहित सम्मान पत्रले सम्मान गरेका थिए ।

शिक्षाको महत्व दर्शाउँदै कार्यक्रमका प्रमुख अतिथि रहेका संघका अध्यक्ष बस्नेतले शिक्षा भन्दा ठूलो हतियार संसारमा कुनै कुरा नभएकोे बताए । आफू अधुरो पढाई छाडेर व्यवसायमा लागेकोमा पश्चताप गर्दै बस्नेतले पढाई प्रति विशेष ध्यान दिन सहभागी विद्यार्थीहरुलाई सुझाब दिए । कोही जेहेन्दार विद्यार्थी आर्थिक अभावले पढ्न नसके आफूले सहयोग गर्ने समेत उनले बचन दिए ।

कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइ अधिकारी कृष्ण सुवेदी, प्याप्सनका जिल्ला अध्यक्ष ओमप्रसाद उप्रेति, उत्कृष्ट नम्बर ल्याउने सम्बन्धित विद्यालयका शिक्षक शिक्षिका तथा सम्मानित हुने छात्रछात्राहरुले समेत आफ्नो धारणा राखेका थिए । वेलफेएर सोसाईटीकै सहयोगमा १२ कक्षा उत्र्तिण गरेकी विन्दा विकले संस्थाको सहयोगले आफ्नो जीवनमा ठूलो सहयोग पु¥याएको प्रतिक्रया दिईन ।

सिन्धुपाल्चोकका अनाथ बालबालिकाहरुलाई शिक्षा मार्फत सहयोग पु¥याउने उद्देश्यले २०१० मा अमेरिकामा गठन गरिएको वेलफेयर सोसाईटीले यस खालको कार्यक्रम राखिएको सोसाईटिका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति वंशलशाल तामाङले बताए । सिन्धुपाल्चोकमा अविभावक गुमाएर शिक्षाबाट बन्चित अनाथ १६ जना भन्दा बढी बालबालिकाहरुलाई यसअघि उच्च शिक्षा सम्म हाँसिल गर्नको लागि सहयोग पु¥याईएको उनले जानकारी दिए ।

संस्थाले जुरे पहिरो ताका बनसाँघु भवन निर्माण गर्न, भूकम्प प्रभावितहरुलाई राहत वितरण लगाएत सामाजिक कार्य गरेको समेत उनले सुनाए । नेपाल सरकारको शिक्षा नीति साँक्षर मात्र बनाउने रहेकोले सोसाईटीले शिक्षित बनाउन यो अभियान थालिएको तामाङको भनाई थियो । हाल यश संस्थाका अध्यक्ष सूर्य खड्का रहेका छन् ।

सञ्चारकर्मी मावध नेपालले सञ्चालन गरेको उक्त कार्यक्रमको सहजीकरण भने अर्का सञ्चारकर्मी भुपेन्द्र भण्डारीले गरेका थिए । खाडीचौरको अमलटार स्थित प्रदेश हलमा गरिएको उक्त कार्यक्रममा विभिन्न विद्यालयहरुबाट विद्यार्थी, शिक्षक तथा अविभावक लगाएतको सहभागिता रहेको थियो ।