नेपाल शिक्षक महासङ्घले नगरलाई बुझायाे सुझावपत्र

भदाै २४,
निर्मल बस्नेत /चाैतारा
नेपाल शिक्षक महासङ्घ चाैतारा साँगाचाेकगढी नगरपालिकाले नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा समक्ष अपेक्षा तथा सुझाव पत्र पेस गरेका छन् ।
सुझावपत्रमना महासंघकाे अध्यक्ष राजु पराजुली , उपाध्यक्ष राजेन्द्र सापकोटा र सचिव सुवर्णलाल श्रेष्ठकाे संयुक्त हस्ताक्षर रहेकाे छ । शिक्षक महासंघ फेरबदल भएपछिकाे नयाँ कार्यसमितिले नगरमा महासंघको समिति सदस्यहरुकाे परिचयात्मक कार्यक्रम सहित महासंघको सचिव सुवर्णलाल श्रेष्ठले कार्यक्रमकाे सुभारम्भ गरेका थिए ।
अपेक्षा तथा सुझाव पत्रमा भनिएकाे छ `२०७९ बैशाख ३० मा सम्पन्न दास्राे स्थानीय तहकाे निर्वाचनबाट शिक्षालाई माया गर्ने र सुधारकाे पक्षमा वकालत गर्दै अाउनुभएका ब्यक्तिहरु नै मेयर उपमेयरमा निर्वाचित हुनलाई शुखद पक्षकाे रुपमा लिईएकाे छ । त्यस्तै सामाजिक बिकास शाखासंग पनि ठाेस र परिणाममुखी अपेक्षा गरिएकाे छ । नगरले अघि सार्ने रचनात्मक शैक्षिक काममा सदैव साथ दिने छाैँ भनिएकाे छ ।

सुझाव पत्र उपर नगरप्रमुख सापकोटाले शिक्षाकाे सवालमा सुझाव संगै कार्यनवयन गर्न पनि सदैव महासंघकाे साथ रहनुपर्ने कुरामा जाेड दिएका छन् ।
सुझाव पत्रमा नगरकाे नीति निर्माणकार्यमा सहयाेग पुग्ने र सवैतिर सकारात्मक सन्देश जाने खालको भएकोमा खुसी व्यक्त गरे । सापकोटाले अावश्यकताकाे पहिचान गरि स्राेतले भ्याएसम्मकाे काम नगरले गर्ने बचन दिए ।
त्यस्तै उपप्रमुख सीता थापाले अाफुले सवै बिद्यालयकाे अवलोकन र अध्ययन गरेकाेले अापसी सरसल्लाहकाे अाधारमा याेजना बनेको छ यस माग जायज रहेकाे बताईन् । शिक्षा शाखाकाे प्रमुख बशन्त जाेशीले कतिपय याेजना समाबेश गरिएको छ । कतिपय कानुनी जटिलता रहेकाले समस्यामा परेकाे उल्लेख गरेका छन् ।
शिक्षक तथा कर्मचारी सम्बन्धि यस्ता छन सवालहरु
१. न्युन पारिश्रमिकमा काम गर्न वाध्य विद्यालय कर्मचारी , लेखापाल र इ.सि.डी शिक्षकको व्यथालाई वुझांै ।
२. नगर अनुदानबाट नियुक्त शिक्षकहरुको पेशागत सुरक्षा गरांै । उनीहरुलाई पनि पोशाक भत्ता लगायत अरु सरह सुविधा उपलब्ध गराएर मनोवल उच्च बनाऔं ।
३. राहत शिक्षकहरुको नगरभित्र घर पायक सरुवाको व्यवस्था मिलाऔं । जसले शिक्षक खुसी भइ अध्यापनमा लाग्ने वातावरण सिर्जना हुनेछ ।
४. शिक्षकहरुको कम्तिमा नगरपालिकाले वैज्ञानिक र वस्तुनिष्ठ मर्यादात्रक्रम निर्धारण गरांै जसले शिक्षकहरुलाई आत्मासम्मान मिल्छ ।
५. इ.सि.डी शिक्षकलाई प्रत्येक वर्ष मन्टेश्वरी तालिमको व्यवस्था गरांै ।
६. नगर शिक्षक छनौट समितिबाट सिफारिस भई नियुक्त करार शिक्षक विस्थापित भएमा रिक्त हुन आउने कोटामा क्रमशः पुर्नस्थापना गर्ने व्यवस्था मिलाआंै ।
७. सवै तहका शिक्षकहरुलाई विषयगत तालिमको व्यवस्था मिलाआंै ।
८. वडाको बजेटबाट नियुक्त शिक्षकलाई नगरपालिकाको एउटै बकेटबाट नियुक्त गर्ने प्रावधान राखी नगर शिक्षकको रुपमा स्थापित गरौं ।
९. नगर भित्रका शिक्षक कर्मचारीहरुलाई नगर शिक्षाद्धारा एकरुपताका आधारमा परिचयपत्र प्रदान गरौँ ।
१०. दिर्घ रोगबाट पिडित हुन सक्ने शिक्षक कर्मचारीका लागि नगरपालिकाले ०.५% र स्वयम शिक्षक कर्मचारीले ०.५% गरि माशिक तलबको १% रकमको एक शिक्षक कल्याणकारी कोषको स्थापना गरौँ ।
ख. विद्यालय तथा शिक्षा प्रणाली सम्बन्धि सवालहरु
१. विद्यालयमा पटक – पटक नेतृत्व फेरबदल भैरहँदा पर्ने असरलाई मध्ये नजर गरी नियम संगत प्रधानाध्यापक नियुक्ति सम्बन्धि व्यवस्था गर्ने हिम्मत गरौं र प्रशासनिक स्थिरता कायम गरौं ।
२. प्रारम्भमा कम्तिमा न्युनतम कक्षा ८ सम्म चलेका विद्यालयहरुमा एक विद्यालय एक क्ष्ऋत् ीब्द्य को व्यवस्था गरी शिक्षामा नविनता प्रदान गरांै र सो कार्यलाई क्रमशः सवै विद्यालयमा पु¥याआंै ।
३. निशुल्क शिक्षा संविधान प्रदत्त अधिकार हो । यसलाई सार्थक बनाउन नगरपालिकाबाट वस्तुनिष्ठ र वैज्ञानिक योजना अघि सारौं र क्रमशः निशुल्क शिक्षा लागू गदौ जाने नीति अख्तियार गरांै ।
४.वैज्ञानिक र यथार्थपरक ढङ्गबाट विद्यालयहरुको विश्लेषण गरांै र सो का आधारमा आवश्यकताको सिद्धान्तलाई आत्मासाथ गर्दै सरोकारवालासँगको परामर्शमा विद्यालय मर्ज र दरवन्दी मिलान प्रक्रिया अघि बढाआंै ।
५. विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न प्रभावकारी योजना निर्माण गरी लागू गरांै ।
६. मासिक रुपमा प्र.अ बैठक चौतारा र साँगाचोक दुई अगिकतभच मा विभाजन गरी सञ्चालन गरांै र नियमित शिक्षण सुधारको छलफल गरौं ।
७. कक्षा १० मा क्भ्भ् परीक्षामा सामेल हुने विद्यार्थीका लागि विहानी खाना र दिवा खाजासहित गणित, विज्ञान र अंग्रेजी अध्यापन शिविरको अवधारणालाई नगरपालिकाले नै अपनत्व लिई कक्षा १० सञ्चालित सवै विद्यालयहरुमा सञ्चालन गरांै । परिणामतः क्भ्भ् नतिजामा सुधार हुने देखिन्छ ।
८. कक्षा ६ सम्म सञ्चालित दिवा खाजा कार्यक्रममा प्रति विद्यार्थी रु. १५ निकै न्युन रहेकोले यसलाई नगरको तर्फबाट प्रति विद्यार्थी रु. १० थप गरांै र एक भान्छेको दरबन्दी उपलब्ध गराऔं ।
९. रिक्त दरबन्दी पदपूर्ति गर्दाको व्ययभारले विद्यालयहरु आजित छन् । तसर्थ शिक्षक छनौट परीक्षा निश्चित अवधिमा सञ्चालन गरांै र रिक्त हुनसक्ने सङ्ख्याको आधारमा नगरभरी एकमुष्ट विज्ञापन गरी पदपूर्ति गरौं । यसको अलवा योग्यताक्रमको आधारमा प्रतिक्षा सूची प्रकाशित गरी निश्चित अवधिसम्म सो सूचीबाट नियुक्ती गर्दै जाने नीति अवलम्बन गरांै ।
१०. सवै विद्यालयमा एकैनाश संरचना, सजावट, पाठ्यपुस्तक, सामाग्री र शिक्षण विधिसहितको च्यभि mयमभ िभ्ऋम् कक्षा व्यवस्थापन गरांै । साथै प्रतिफल विश्लेषण गरी अन्य कक्षामा पनि लागू गर्दै जाने नीति अख्तियार गरांै ।
११. राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा अन्य खेलकुद कार्यक्रममा तयारी, सहभागीता र व्यवस्थापन गर्न विद्यालयहरुलाई आर्थिक रुपमा चुनौतिपूर्ण छ । तसर्थ विद्यालयहरुमा प्रभावकारी खेलकुद व्यवस्थापनको लागि यथोचित रकम उपलब्ध गराआंै ।