अन्तर्राष्ट्रिय साक्षरता दिवशको अवसरमा जुगलमा हाजिरी जवाफ

निर्मल बस्नेत
भदाै, २३ ढाँडे, (सिन्धुपाल्चोक) । अखिल (क्रान्तिकारी) जुगल गाउँपालिका कमिटीले अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा पालिकाभरको माध्यमिक विद्यालयस्तरको हाजीरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा श्री रत्न राज्य माध्यमिक विद्यालय चनौैटे ए प्रथम भएको छ ।

(क्रान्तिकारी) ले गरेको प्रतियोगितामा कालीदेवी मावि पाङताङ द्धीतिय, श्री रत्न राज्य माध्यमिक विद्यालय चनौैटे बि तृतीय र जुगल मावि हगामले शान्त्वना स्थान पाएको प्राप्त गरेको छ ।
प्रतियोगितामा विजेताहरुलाई जुगल गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी रेशम स्याङ्वोले पुरस्कारबापत शैक्षिक सामग्रीहरु वितरण गरेका थिए । प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवेश बडुवाल, समाजसेवी अम्बीका नेपाल, अखिल(क्रान्तिकारी)का जिल्ला अध्यक्ष क्षितिज तामाङ, जिल्ला सचिव सुवास गौतम,चौतारा सागाचोकगढी नगरपालिका अध्यक्ष अमृत श्रेष्ठ र सचिव सुप्रीन्स कसजुको आतिथ्यता र विद्यिार्थी , शिक्षकहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको अखिल (क्रान्तिकारी) जुगलको अध्यक्ष अच्यूत अधिकारीले जानकारी दिए ।