सिन्धुपाल्चोकमा माओवादी केन्द्रद्वारा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस

भदौ १९, चौतारा (सिन्धुपाल्चोक) । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन २०७९ को निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लाको दुवै क्षेत्रबाट केन्द्रमा उम्मेदवार छनौटका लागि सिफारिस गरेको छ ।

माओवादी केन्द्रले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १.१ र १.२ को तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २.१ र २.२ को उम्मेदवारहरुको सिफारिस गरेको हो ।
आज दुवै क्षेत्रको उमेदवार सिफारिष बैठक २ नम्बर क्षेत्रको चौतारामा तथा १ नम्बर क्षेत्रको खाडीचौरमा राखिएको विस्तारित बैठकबाट सिफारिस गरिएको माओवादी केन्द्र सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

माओवादी केन्द्रले १ नम्बर क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिक गरी २५ र २ नम्बर क्षेत्रमा २५ जना सिफारिस भएका छन् ।
जस अनुसार १ नम्बर क्षेत्रमा प्रतिनिधिसभाको लागि अग्निप्रसाद सापकोटाको नाम एक नम्बरमा राखिएको छ भने दोस्रोमा फूलम तामाङ र तेस्रोमा माधव सापकोटा ‘सुवोध’को नाम सिफरिस गरिएको छ । दुई प्रदेशसभा रहेको उक्त क्षेत्रमा १ मा सरल सहयात्रीको नाम मात्र सिफारिस परेको छ ।

सो को दुईमा भने अम्बिका नेपाल, चन्द्र सापकोटा, टि.एन सापकोटा र प्रतापसिं तामाङ सिफारिस परेका छन् । त्यसैगरी प्रतिनिधिसभा २ नम्बर क्षेत्रमा युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सफिरिस भएको छ । सोहीको प्रदेश सभा (क¬) मा १–जानुका पराजुली, चिरञ्जीवी आचार्य, श्यामकृष्ण श्रेष्ठ र गोबिन्द पराजुली सिफारिस भएका छन् । त्यसैगरी सोही प्रतिनिधिसभाको (ख) तर्फबाट फुर्वा स्याङबो, भरत थापा र बिदुर चौलागाईं रहेका छन् ।

यस्तो छ नेकपा (माओवादी केन्द्र) १ र २ नं प्रतिनिधिसभा क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नाम
प्रतिनिधि सभा क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ
अग्नीप्रसाद सापकोटा
फूलम तामाङ
माधव सापकोटा
समानुपातिक तर्फ
पुण्यप्रसाद पराजुली – खस आर्य
बिष्णुकुमार श्रेष्ठ – आदिवासी जनजाति
पूर्णबहादुर तामाङ – आदिवासी जनजाति
गणेश बिक – दलित
पार्वती थामी – अल्पसंख्यक
१ नं प्रतिनिधी सभा प्रदेश सभा (क) तर्फ प्रत्यक्ष
सरल सहयात्री
समानुपातिक तर्फ
राजकुमार पौडेल – खस आर्य
लालकान्छा तामाङ – आदिवासी जनजाति
ज्ञानेन्द्रबहादुर गुरुङ – आदिवासी जनजाति
राजु खाती – दलित
आशा गुरुङ शेर्पा – आदिवासी जनजाति
सुन्दर पहरी – अल्पसंख्यक
१ नं प्रतिनिधी सभा प्रदेश सभा (ख) तर्फ प्रत्यक्ष
अम्बिका नेपाल
चन्द्र सापकोटा
टिएन सापकोटा
प्रताप सि तामाङ
समानुपातिक तर्फ
अमृता नेपाल – खस आर्य
गोकर्णदास श्रेष्ठ – आदिवासी जनजाति
पदम श्रेष्ठ – आदिवासी जनजाति
सागर परियार – दलित
सुभाष सुन्दाश– दलित
टिकाराम पराजुली – अपाङ्ग
सिन्धुपाल्चोक क्षेत्र न (क)२ बाट प्रत्यक्ष तर्फ
१–युवराज दुलाल
२–चन्द्र ब थापा
सिन्धुपाल्चोक क्षेत्र न (क) २ बाट समानुपातिक तर्फ
१–बलराम बि.क –दलित कोटा
२–उद्वन आले मगर –जनजाति
३–ठुलोबाबु श्रेष्ठ –जनजाति
क्षेत्र .२ अन्तरगत प्रदेश (क) बाट प्रत्यक्षतर्फ
१–जानुका पराजुली
२–चिरञ्जीवी आचार्य –चिराग
३–श्यामकृष्ण श्रेष्ठ
४–गोबिन्द पराजुली –अबिनास
क्षेत्र .२ अन्तरगत प्रदेश (क) बाट समानुपातिक तर्फ
१–वीर बहादुर तामाङ–जनजाति
२–ललित श्रेष्ठ (अभियान)–जनजाति
३–श्याम सुन्दर श्रेष्ठ ‘विवेक’–जनजाति
४–चिन बहादुर तामाङ (मुक्ती)–जनजाति
५–सुशील बहादुर माझी–अल्पसंख्यक जनजाती
६–बिनु खडका–महिला
क्षेत्र .२ अन्तरगत प्रदेश (ख) बाट प्रत्यक्ष तर्फ
१–फुर्वा स्याङबो
२–भारत थापा
३–बिदुर चौलागाईं
क्षेत्र .२ अन्तरगत प्रदेश (ख)बाट समानुपातिक तर्फ
१–रोहिणी बिक–दलित
२–मुना ढकाल –महिला
३–लम्जुम शेर्पा–जनजाति
४–अर्जुन लोप्चन–जनजाति
५–श्याम खड्का–खस आर्य
६–महेसलाल श्रेष्ठ–जनजाति
७–गोपाल नेपाल (भिम)–घाइते अपांगको तर्फबाट