विप्लव नेकपाको छैटौं जिल्ला सम्मेलन चौतारामा
आधार भन्छन् –‘नेपालका कम्युनिष्टहरुको एकता अपरिहार्य छ’
निर्मल बस्नेत
भदौ १८, चौतारा(सिन्धुपाल्चोक) । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकलको छैटौँ जिल्ला सम्मेलन चौतारामा सुरु भएको छ । सम्मेलनको उदघाटन पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज आधारले गरेका थिए । उदघाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै आधारले बर्तमान अवस्थामा नेपालको कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताए ।
कार्यक्रमको प्रमुख अतिथी रहेका आधारका अनुसार पहिला माओबादीहरुको एकता त्यसपछी सम्पूर्ण कम्युनिष्ट पार्टीहरुको एकताले मात्र २१ सताव्दीको मानव अस्थित्वको रक्षा गर्न सकिने छ । अमेरिका र चीनबिचको द्वन्द्वको कारण नेपाल संकटमा रहेको तर्क उनले पेश गरे । चीन हाम्रो असली मित्र हो,अमेरिका दुश्मन हो’, आधारले भने । चीन कम्युनिष्ट एकता चाहेपनि अमेरिकाले कांग्रेसलाई काखी च्यापेर नेपालको स्वाधिनतामाथी हस्तक्षेप बढाउने खोजेको उनको आरोप । स्वाधिनताको लागि कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको आधारको जोड छ ।
अर्को एक प्रसंगमा आधारले सिन्धुपाल्चोकले २०२८ सालमा बाह्रविसेका किसानहरुले गरेको ७ दिनसम्मको भोक हड्ताल, २०३६ सालको सत्याग््रह, २०३७ सालको जनमतसङ्ग्रह, २०४० सालको पञ्चायतविरोधी पिस्करमा भइको सास्कृतिक काकर्यक्रममा भएको काण्ड र १० वर्षे जनयुद्धमा खेलेको भूमिकाको सन्दर्भमा चर्चा गरेका थिए ।
राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, बढ्दो महंगीको कारण सरकारसंग नेपालका नागरिकहरु आजित रहेको आरोप लगाए । र, तीन बुँदे सम्झौता विपरीत पार्टीको शिर्ष नेतृत्वहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको पक्राउ पुर्जी च्यातिनुपर्ने बताए ।
कार्यक्रमको सभापतित्व गरेका जिल्ला सचिव युगिनले नेपालको बैकल्पीक शक्तिको रुपमा आफ्नो पार्टीको उदय भएको जिकिर गरे । युगिनले सरकारले इमानदारीपूर्वक तीन बुदे कार्यन्वय गर्नु पर्ने अवस्था उल्टै पार्टीको मुख्य नेतृत्वमा झुटा मुद्दा लगाइ सहमति विपरीत वारेन्ट जारि गर्नु भनेको नेपालली जनतालाइ धोका दिई फेरि देशलाई द्वन्द्व तर्फ धकेल्न खोजेको तर्क गरे ।
कार्यक्रममा विषेष व्यूरो सदस्य किरण, जेष्ठ कम्युनिष्ट बशिष्ठ, शहीद परिवार निर बहादुर तामाङ, महलानेत्री पवित्राको आतिथ्यता र जिल्ला भरका प्रतिनीधि तथा पर्यव्यक्षेकहरुको सहभागिता रहेको थियो । सम्मेलन उद्घाटनको प्रारम्भमा राता पोषकमा चौतारा बजार परिक्रमा गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सदस्य कम्युटरले गरेका थिए । सम्मेलनले सचिव युगिनको नेतृत्वमा २१ सदस्य जिल्ला समिति सर्वसहमत निर्वाचित भएका छन् ।