अरनिको यातयातमा १२ बर्ष पछि फर्कियो खोला, कसरी समाल्लान केदार क्षेत्रीले अस्तव्यस्त यातायात ?

भदौ १६, बनेपा (काभ्रे) । बाह्रबर्ष पछि खोला फर्किन सक्छ भन्ने नेपाली उखानै छ । असम्भव कुरा पनि कहिले काँही सफल पुनः सफल हुन सक्छ भन्ने उदाहरण पूर्व अरनिको यातायात प्रा.लि.मा भएको छ । अरनिको यातायात समितिको रुपान्तरित पूर्व यातायात प्रा.लीको हिजो भएको ५० औं वाािर्षक साधारणसभा तथा अधिवेशनमा भएको निर्वाचनमा अध्यक्षको लागि केदार क्षेत्री जितको नजिक पुगेका छन् ।

जितको नजिक पुगेका अध्यक्षताका उम्मेदवार केदार क्षेत्री

उनी व्यवसायमा पुनः ११ वर्ष पछि जोडिएका हुन् । २०६३ देखी २०६९ साल सम्म दुई कार्याकाल अरनिको यातायात समितिको अध्यक्ष भएका केदार क्षेत्री पुनः अध्यक्ष निर्वाचित हुने लगभग निश्चित भएपछि यातायात व्यवसायीमा ठूलै तरंग फैलिएको छ । बलेफी गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका क्षेत्री लामो समय यातायात क्षेत्रमा बाहिरिएकाले पुनः अध्यक्ष बन्न नसक्ने अडकलबाजी भएको थियो । तर कसैले सोच्नै नसकेको भारी मत अन्तरले दुई प्रतिश्पर्धीधलाई पछि पार्दै उनले जित हाँसिल गर्ने भएका छन् । यसलाई व्यवसायीहरुमा देखिएको चरम निराशाको उपज भएको जानकारहरु बताउँछन् । अस्तव्यस्त रहेको अरनिको प्रा.ली. तथा व्यवसायीलाई व्यवस्थापन गर्न भने क्षेत्रीलाई निकै सकस पर्ने एक व्यवसायीले सिन्धुज्वालालाई बताए ।

यसैबीच प्राप्त परिणाम अनुसार १ एक सय मत मात्र गन्न बाँकी रहँदा क्षेत्रीले लगभग जित्ने निश्चित भएको एक यातायात व्यवसायीले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार अहिले बिहान सम्म भएको मत परिणाम अनुसार ४ सय ८२ मत गनी सक्दा केदार क्षेत्री २३८, उद्वव गौतमले १०१ र नृपध्वज महतले १०० मत ल्याएका छन् । बाँकी रहेको १०० मत परिणाम समेत केही समयमै सार्वजनिक हुने जनाईएको छ ।