सुनकोशीमा शैक्षिक गुणस्तरको लागि पालिकाद्वारैै विद्यालय अनुगमन
१२ भदौ,
खाडीचौर (सिन्धुपाल्चोक) । सुनकोशी गाउँपालिकाले आफ्ना पालिका मातहातका विद्यालय अनुगमनलाई तिब्रता दिएको छ । विद्यालयको शैक्षिक गुणस्तरको लागि विद्यालयसंग कार्यसम्पादन सम्झौता (एमाओयु) गर्ने उद्देश्यले गत आइतबारबाट अनगमन थालिएको गाउँपालिकाले जनाएको छ । पाकिलाका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएत टोलीद्वारा थालिएको पहिलो अनुगमन चारवटा विद्यालय गरिएको थियो । विद्यालयको शैक्षिक गणस्तरको लागि सबै अवस्था हरेर कार्यसम्पादन सम्झौता गरिने उद्देश्यले अनुगमन थालिएको गाउँपालिका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
अनुगमन सकिएपछि प्रअहरुको मिटिङ पछि सम्झौता गरिने अध्यक्ष तिमिल्सिनाले बताए । विद्यालय व्यवस्थापन समितिको पुर्नगठन समेत गर्नुपर्ने पालिकाले १५ दिन भित्र सबै काम सम्पन्न गरिसक्ने उनले बताए ।
‘हाामीले विद्यालमा दरबन्दी भन्दा बाहिरको कर्मचारी राख्न रोकेका छौं’, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले भने । विद्यालय अनुगमन गरेर विद्यालयको अवस्था हेरेर शिक्षकहरुको अनुपात मिलेको छ की छैन त्याहाँको समस्या के छन् । विद्यार्थीहरुको बुझाई के छ ? र माग के छ ? तथा विद्यालय प्रशासनको अवस्था लगाएत विषयबस्तुको सन्र्दभमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।
विद्यालयको अवस्था हेरेर सबै अवस्था थाहा पाईसकेपछि विद्यालयसंग कार्यसम्पादन सम्झौता (एमओयु) गरिने उनले बताए । उनका अनुसार टोलीले ५ वर्ष र अहिलेको कार्याकाल कस्तो छ ?, ऐनले शिक्षा निमावलीले गर्नुपर्ने के के कुराहरु छन् । विद्यालयमा प्रध्यानपक, व्यवस्थापन समितिले वार्षिक रुपमा गर्नुपर्ने लक्ष्य के हुन् लगाएत त्यो निर्धारण गर्ने छ । सोही लक्ष्य बमोजिमको पुरा गर्न पालिकासंग सम्झौता हुनेछ ।
पालिकाको वडा ननम्बर ७ सेतीशारदा माध्यामिक विद्यालयबाट सुरुवात गरिएको उक्त अनुगमनमा विद्यालयको अवस्था कस्तो छ । कक्षाकोठा र सरसफाई के कस्तो छ । सिकाई उपलब्धी कस्तो छ लगाएतको बारेमा अध्यायन गरिएको थियो । सुरु दिन चारवटा विद्यालयको अनुगन गरिएको थियो ।