विद्यालय कर्मचारीलाई विभेद गरिएको भन्दै कर्मचारी परिषदद्वारा आन्दोलन

भदौ १३, चौतारा (सिन्धुपाल्चोक) । विद्यालय कर्मचारीलाई विभेद गरिएको भन्दै कर्मचारी परिषदद्वारा सरकार विरुद्व आन्दोलन थालेका छन् ।
नेपाल सरकारको मातहातमा विद्यालय तहमा शैक्षिक योदान गर्दै आएका विद्यालय कर्मचारीहरुलाइ सरकारद्वारा गरिएको विभेद र अन्यायपूर्ण व्यवहारका विरुद्व आफ्ना जायज मागहरु सहित नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलन थालेको हो ।

विद्यालय कर्मचारी परिषदद्वारा गरिएको आन्दोलनमा एक्ऐवद्दता जनाउन सहभागी भएका शिक्षक माहासंघका आवद्ध शिक्षकहरु

परिषदद्वारा गरिएको आन्दोलनप्रति नेपाल शिक्षक माहासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको एक्केवद्वता समेत जनाएको छ । नेपाल शिक्षक माहासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय कर्मचारी परिषदको आन्दोलन प्रति माहासंघको धानकर्षण भएको जनाएको छ । शिक्षक र कर्मचारीका सेवा र सुविधाका लागि पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने रवयाले सरकार विद्यालय शिक्षकप्रति कति गैरजिम्मेवार रहेको माहासंघको आरोप छ । ‘एउटै कार्यथलोमा काम गर्ने शिक्षक कर्मचारी कसैलाई खाएर त कसैलाई भोकभोकै काम गर भन्नु मानव अधिकार र विधिको शासनको खिल्ली उडाउनु हो’, वक्तव्यमा भनिएको छ ।

सरकारले आव २०७९÷८० को बजेट वक्तव्य मार्फत राज्यकोषबाट तलवभत्ता खाने सबै राष्ट्रसेवक कर्मचारीको तलव सुविधा वृद्वि गर्दा विद्यालय कर्मचारीको तलववृद्वि नहुनु आफैंमा आपत्तिजनक रहेको महासंघको भनाई छ । यसैको परिणाम विगत केही दिनदेखि विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएको माहासंघको ठहर छ । वक्तव्यमा भनिएको छ, ‘नेपाल विद्यालय कर्मचारी परिषदले उठान गरेको जायज र न्यायपूर्ण मागप्रति नेपाल शिक्षक माहासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोक ऐक्यवद्वता जाहेर गर्दछ । जायज औचित्यपूर्ण मागहरु यथाशिघ्र सम्बोधन गर्ने वातावरण निर्माणका लागि नेपाल शिक्षक माहासंघ राष्ट्रिय समितिलाई हार्दिक अन्रोध गर्दै आजका दिन सम्म पनि माग सम्बोधनका लागि सरकार जिम्मेवार नदेखिएकाले जिम्मेवारपूर्ण तवरले समस्याको समाधानका लागि सरकारसंग जोडदार माग गर्दछौं ।’