पुर्व अरनिको यातायात प्रा.लि. को अध्यक्षका दावेदार ३, नृपध्वजको सम्भावना बलियो

भदौ १३, बनेपा (काभ्रे) । यतिबेला पुर्व अरनिको यातायात प्रा.लि.५० औं साधारणसभा तथा अधिवेशन नजिकिदै छ ।
उक्त वार्षिक साधारणसभा यहि आउँदो भाद्र १५ गते हुने भएको छ । अरनिको यातायात सेवा समितिको रुपान्तरित पुर्व अरनिको यातायात प्रा.लि. को साधारणसभाले नयाँ संचालक समिति (पदाधिकारी) र कार्यसमिति (सदस्य) को समेत निर्वाचन् मार्फत गरिने आयोजकले जनाएको छ ।

अध्यक्षका उम्मेदवार नृपध्वज महत

प्रा.लि.का अध्यक्ष चित्रबहादुर कुँवरका अनुसार अध्यक्षको उम्मेदवारको लागि ३ जनाको दावेदार परेको छ । जसमा निवर्तमान वरिष्ट उपाध्यक्ष नृपध्वज महत, उद्धवप्रसाद गौतम र केदार खत्री क्षेत्रीको उम्मेदवारी परेको हो । विभिन्न पदका लागि ४५ जनाले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षको पहिलो दावेदार रहेका नृपध्वज महत पहिला पनि अध्यक्षको दावेदार थिए । अहिले उनी बाहलवाला वरिष्ट उपाध्यक्ष हुन् । उनी तीनपटक वरिष्ट उपाध्यक्ष तथा दुईपटक उपाध्यक्ष चुनिएका थिए । प्रत्यासी गौतम निवर्तमान उपाध्यक्ष हुन् । गौतम समितिको दुईपटक उपाध्यक्ष भएका व्यक्ति हुन् तर वरियताको हिसाबले उनीभन्दा महत अगाडी छन् ।

अध्यक्षका उम्मेदवार उद्धवप्रसाद गौतम

उता बलेफी गाउँपालिकाका निवर्तमान अध्यक्ष रहेका केदार क्षेत्री १० वर्ष पछि व्यवसायमा फर्किएका छन् । क्षेत्रीले तीनपटक अरनिको यातायात समिति चलाईसकेका छन् । लामो समय व्यवसायमा ग्याब भएपछि उनको कडी टुटेको व्यवसायीको तर्क छ । यस हिसाबले पनि आफू स्वत अध्यक्षको दावेदार रहेको अध्यक्षका उम्मेदवार नृपध्वज महतले सिन्धुज्वालालाई बताए । ‘प्रतिश्पर्धामा ११ औ १२ औं अध्यक्ष साथमै लिएर हिडेंकाले मेरो उम्मेदवारी न्यायसंगत छ’, महतले भने । उनका अनुसार सदस्य देखि समितिमा काम गरेका महतको २६ वर्ष लामो याता क्षेत्रमा काम गरेको अनुभव छ । आफु कुनैपनि बेला संस्थाको अध्यक्ष रहन्छु भनेर नै पालो कुरेर बसेको उनले बताए । आफु अध्यक्ष हुने रोलक्रममा १ नम्वरमै परेको उनको दावी छ ।

अध्यक्षका उम्मेदवार केदार क्षेत्री

संस्था अहिले बसपार्क लगाएत संरचना नभएर विचलित भएकोले आफुले जितेर सुधार गर्ने उनले प्रतिवद्वता जनाए । व्यवसायीहरुले पूर्ण साथ दिने बचन दिएकाले आफ्नो जित सुनिश्चित रहेको उनले दावी गरे । आफुलाई एकपटकका लागि व्यवसायीहरुले हौसला दिएको उनले बताए ।
अर्का उम्मेदवार केदार क्षेत्रीले गरेको नेतृत्व सबैले हेरेकोले धेरै समय पछि व्यावसायमा फर्केकाले पनि क्षेत्रीलाई व्यवसायीले कमै मन पराएको उनीहरुको तर्क छ । क्षेत्रीलाई ‘तपाई आउन जरुरत छैन’ भनेको व्यवसायी दिपक महतले सुनाए । व्यवसायीले क्षेत्रीलाई सल्लाकारको रुपमा रहन सुझाएका छन् । उनका अनुसार पटक पटक समितिको लागि त्याग गर्न सकेको व्यक्ति नृपध्वज महत भएकोले व्यवसायीहरुले उनलाई रुचाएका छन् । सबै हिसाबले र वरिष्टताको आधारले अवको नेतृत्व महत नै भएको अन्य व्यवसायीको समेत जोड छ ।