वैंशमा वहुविवाह, बुढेसकाल लाग्दोमा जेल
भदौ ७, चौतारा (सिन्धुपाल्चोक) । वहुविवाह मुद्दामा अदालतबाट कैद सँजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर ११ का वर्ष ४३ का रामकृष्ण भन्ने टिकादत्त दुलाललाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो ।
जिल्ला अदालत सिन्धुपाल्चोक बाट २०५९। जेठ २ गतेको फैसलाले वहुविवाह मुद्दामा १ महिना कैद र रु १०००।– (एक हजार) जरिवाना सुनाएका दुलाल फरार रहेपछि २० वर्ष पछि प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २०७९। भदौ ३ गते पक्राउ गरि ५ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले दुलाललाई लागेको कैद जरिवाना सजाँय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको प्रनाउ बुढाथोकीले बताए ।
यसैबीच सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७३ जेठ १७ गतेको फैसलाले वहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना भई फरार रहेकी वर्ष २७ की निरमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । वहुविवाहमा पक्राउ परेकी निरमाया पाँचपोखरी थाङपाल गाउँपालिका –.५ की हुन् । फुर्पा तामाङकी कान्छी श्रीमती रहेकी मिरा भन्ने निर मायालाई ५ गते नै पक्राउ गरि अदालतमा दाखिला गरिएकोमा कैद जरिवाना असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।