महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै हो –पूर्व मन्त्री दुलाल

निर्मल बस्नेत
भदौ ६, चौतारा (सिन्धुपाल्चोक) । वाग्मती प्रदेश सरकारको पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले राजनीतिक रुपमा महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै भएको बताएका छन् ।

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरपालिका कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रम दुलालको प्रमुख आतिथ्यतामा भएको हो । उनले महिलाहरुलाई आत्मनिर्भरता ,नेतृत्वदायी , सृजनसिल र सामाजिक भूमिकामा जोड दिनमा आग्रह गरेका थिए । हालसम्म प्राप्त अधिकार व्यवहारीक रुममा कार्यन्वयन गर्न पार्टीले बिधानमा नै ३५ प्रतिशत महिला अनिवार्य गरेको छ । र, त्यसको कार्यन्वयन गर्दैछौं । महिला बर्गको हकअधिकारको रक्षा र सन्तुलन अनेमसंघ(क्रान्तिकारी) गर्नुपर्दछ । त्यो सबैको माओवादी केन्द्रले अविभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका बिशेस अतिथि जिल्ला पार्टी संयोजक गोबिन्द पराजुलीले भने पुरुषको भन्दा सामाजिक रुपमा महिलाको बिस्वस्नियता बढी हुन्छ । त्यसैले संगठनलाई ताकतिलो बनाउने काममा अग्रसर हुन आग्रह गरे । उनले केहि पार्टीबाट बाहिरीएकालाई इंगित गर्दै पराजुलीले माओबादी पार्टी अग्राखको ढोका हो । बहिर लागेको धमिरा टक्टक्याएर रंगरोकन गरेपछि झन् बलियो हुन्छ ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको निवर्तमान उपप्रमुख जानुका पराजुली र संघको जिल्ला अध्यक्ष अम्बिका नेपालले आवाजबिहिनहरुको आवाज बुलन्द पार्ने काम अनेमसंघ(क्रान्तिकारी) ले गर्ने बताए ।

कार्यक्रममा पूर्व जनमुक्ति सेनाको कमान्डर चिन बहादुर तामाङ, श्यामसुन्दर श्रेष्ठ, महिला नेत्री मीना नेपाल, तारा रानाको आतिथ्यता र अगुवा महिलाहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
संघको सचिव –निर्मला तिमल्सिनाको सञ्चालन र अध्यक्ष अम्बिका गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।