माओवादीप्रति जनविश्वास घटेको छैन, झन बढ्दो छ – नेता सुवोध

निर्मल बस्नेत
भदौ ४, ढाँडे(सिन्धुपाल्चोक) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य माधव सापकोटा ‘सुबोध’ले वर्तमान अवस्थामा अन्य पार्टी भन्दा माओवादीमा जनबिस्वास उच्च रहेको ठोकुवा गरेका छन् । सापकोटाले नेकपा माओवादी केन्द्र जुगल गाउँपालिका कमिटीको तेस्रो पूर्ण बैठकमा यसो भनेका हुन् । उनले आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि पनि थप रणनीतिक कार्यक्रमकासाथ अघि बढ्ने उद्घोष गरेका छन् ।

सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीको बाग्मति प्रदेश समिति अध्यक्ष सरल सहयत्री पौडेलले भने हामी बिचमा आन्तरिक क्रान्ति जारी यसमा सफल हुनेछौं अनि बाह्य क्रान्तिमा सफलता हात पार्नेछौँ ।
कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य अमृता नेपाल, प्रदेश सदस्य प्रतापसिं तमाङले पार्टी कार्यकर्तालाई पार्टी गतिविधि चलायमान बनाई जनतामा जान आग्रह गरेका छन् ।

बैठकले पालिका समितिमा जिम्मेवारी हेरफेरसमेत गरेको छ । जसमा अध्यक्षमा ईश्वर गुभाजु , उपाध्यक्षमा रत्न बहादुर सिलवाल पशुपति , जग बहादुर तामाङ, चिनलाल श्रेष्ठ सचिवमा इन्द्रबहादुर सिलवाल, सहसचिवमा गंगालाल तामाङ र फूलकाजी तामाङ साथै कोषाध्यक्ष सानु लामालाई जिम्मेवारी प्रदान गरिएको पालिका ईन्चार्ज अम्बिका नेपालले जानकारी दिईन् ।

भर्खरै अध्यक्षको जिम्मेवारी पाएका ईश्वर गुभाजुले भने पार्टीको ३ महिने कार्यक्रम तय भएको छ । यस कार्यक्रममा पार्टीलाई सशक्त बनाउन आफूहरुले वडास्तरसम्मको योजना बनाएर जाने बताएका छन् ।