विगत देखि नितरन्तर जनताको सेवामा सिन्धुपाल्चोक उद्योगवाणिज्य संघ

भदौ ४, चौतारा । सिन्धुपाल्चोक जिल्ला विगत ९ वर्ष यता प्राकृतिक प्रकोपमा सर्वाधिक क्षति हुने जिल्ला पर्दछ । २०७१ सालको जुरे पहिरो, २०७२ सालको विनासकारी भूकम्प, कोरोना माहामारी, भोटेकोशी लगाएत ठाउँमा भएको बाढी पहिरो जस्ता प्रकोपहरु झेल्नु परेको थियो । यस्ता प्राकृतिक प्रकोपमा जनधनको सुरक्षाको लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ निरन्तर खटेको छ ।


सुनकोशी नदी थुनिने गरी २०७१ साउन १७ गते गएको जुरेपहिरो, २०७२ बैशाखको विनाशकारी भूकम्प र २०७३ साल असार २१ गतेको भोटकोसी बाढीले ठूलो धनजनको क्षति गराएको थियो । त्यस्तै तातोपानी नाका बन्द, २०७४ लार्चाको पुल पहिरोले बगाउनु, भूकम्प पछिको पुन निर्माणले सन्तोषजनक रुपमा गति लिन नसक्नु, जम्बु, लिदी पहिरो २०७७, २०७८ को मेलम्ची र इन्द्रावतीमा आएको बाढी, २०७८ मा नै जम्वु, घुम्थाङमा आएको पहिरो र कोभिड–१९ जस्ता समस्याहरु सिन्धुपाल्चोक जिल्लाले झेल्नु परेको थियो । यस्तो अवस्थामा पनि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाको आर्थिक समृद्धिका लागि विभिन्न व्यवसायको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।

सिन्धुपाल्चोकमा भएका यि सवै घटनाले मानवीय क्षति मात्र होईन जिल्लाको आर्थिक क्षेत्र वर्षौसम्मका लागि तहसनहस भयो । ऐतिहासिक संरचनाहरु लगायत निजी सम्पत्तिको नोक्सानीले सिन्धुपाल्चोकलाई आर्थिक रुपमा निकै पछाडि धकेलेको छ । जिल्लाको लाईफ लाईनको रुपमा रहेको तातोपानी नाका पूर्ण रुपमा बन्द हुदा सयौं व्यवसायी विस्थापित भए । चीनसंगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका तातोपानी बन्द हँुदाको पीडा सिन्धुबासी सबैले खेपिरहेका छन् । । नाका बन्दले सानाठूला सवै व्यवसायिको नेतृत्व गर्दै आएको उद्योग बाणिज्य संघको गतिविधिमा निकै ठूलो बाधा पा¥यो । संघ र यसमा अबद्ध सदस्यहरुको आयस्रोत बन्द हुँदाको पीडा अहिलेसम्म पनि सबै व्यापारी व्यवसायीहरुले भोग्दै आएका छन् । नाका बन्दले दैनिक गुजारा गर्दै आएका साना व्यवसायी र मजदुरहरुको जीवन झन्—झन् कष्टकर बन्दै गएको छ ।

सिन्धुपाल्चोक जिल्लामा ०५२ सालदेखि उद्योग वाणिज्य संघ कृयाशिल छ । बिभिन्न व्यक्तित्वहरुले यसको नेतृत्व गरिसकेका छन् । बाह्रबिसेको खोर्सानीवारीमा संघको भब्य भवन निर्माण भएको छ । साथै, सदरमुकाम चौतारामा पनि शाखा कार्यालय भवन निर्माण सम्पन्न गरिएको छ । मेलम्चीमा पनि शाखा कार्यालय स्थापना गर्ने काम भईरहेको छ । जिल्लामा ब्यापार ब्यवसाय गर्नेहरूको हकहितका साथै अन्य उद्योगी ब्यवसायीको हकहितको काम संघले गरिरहेको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको बर्तमान नेतृत्व संस्थागत विकासका साथै सामाजिक काममा पनि लागेको छ । बिश्व नै आतंकित पार्ने कोभिड–१९ को प्रकोपमा नेपाल पनि अछुतो रहेन । सिन्धुपाल्चोक जिल्ला पनि यसको असरले आक्रान्त भयो । यो रोगका कारण मृत्यु हुने नेपालको पहिलो ब्यक्ति नै सिन्धुपाल्चोकै रहेको नमिठो ईतिहास पनि निर्माण भएको थियो । यो बेला उद्योगी ब्यवसायीका लागि काम गर्नु त वाणिज्य संघको कर्तव्य नै थियो । त्यो बाहेक समाजका अग्रमोर्चामा रहेका धरै ब्यक्तिलाई पनि वाणिज्य संघको पहलमा प्राथमिक स्वास्थ्य सामाग्री बितरण गरिएको थियो । सुरक्षा निकायका ब्यक्तिहरू अग्रभागमा खटिने कारण पनि वाणिज्य संघले मास्क, सेनिटाईजर, पिपीईजस्ता सामानहरू उहाँहरूलाई बितरण गरेको थियो । गत वर्षको कोभिडको बेलामा पनि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले १२ वटै स्थानिय तहका स्वास्थ्य सामग्रीहरु वितरण गरेको थियो । अक्सीजन नपाएका विरामीहरुलाइ अक्सीजन व्यवस्था मिलाएको थियो ।

उद्योगी ब्यवसायीहरूको छाता संगठन भएका कारण पनि बिभिन्न निकायले वाणिज्य संघ सँग भौतिक तथा आर्थिक सहयोगको अपेक्षा गर्नु स्वभाविक पनि हो । उहाँहरूको मागलाई सकेको सम्बोधन संघले गरेको छ ।

जनप्रतिनीधि आएपछि जनताको काम सजिलो भएको छ । त्यस्तै व्यापार, उद्योग व्यवसाय, कृषी तथा पशुपालन व्यवसाय लगायतका नीजि क्षेत्रलाई पनि समन्वय तथा सरकारी प्रक्रिया पूरा गर्न सजिलो भएको छ । यस्तै गैह्रसरकारी क्षेत्रको काममा पनि समन्वय गर्न सजिलो भएको छ । यि सबै कुरामा जनप्रतिनीधिहरुको सहयोग हिजो पनि आबश्यक थियो र भइरहेको छ । अबका दिनमा पनि आम नागरिक, नीजि क्षेत्र र व्यवसायीहरुले चाहेका छन् ।

उद्योग बाणिज्य संघ व्यपार, व्यवसाय तथा उद्योग संचालन गर्नेहरुको साझा संस्था हो । जिल्लामै क्रियाशिल रहने उद्योग बाणिज्य संघको सम्बन्ध पालिकाहरुसँग सँधै निकट हुन्छ र हुनुपर्छ । जनताका प्रतिनीधि र व्यवसायीहरु आपसमा सम्बन्धित रहने भएकोले सँधै समन्वयको खाँचो छ । यो काम हिजो भएको थियो र अबका दिनमा पनि हुन्छ भन्ने हामीले विस्वास लिएका छौं । उद्योग बाणिज्य संघले यस अघि कोरोना महामारी, बाढी पहिरो जस्ता समस्याहरुमा पालिकासँग हातेमालो गर्दै काम गरेको छ । यस अघि उद्योग दर्ता गर्दा उद्योग बाणिज्य संघको सिफारिस आबश्यक पथ्र्यो तर संघीय संरचना कार्यन्वयनमा आएपछि उद्योग बाणिज्य संघलाई वेवास्ता गरिएको छ । उद्योग बन्द गर्दा चाहीं उद्योग बाणिज्य संघको सिफारिस अनिबार्य चाहिने तर दर्ता गर्दा वेवास्ता गरिएकोले अब दर्ता गर्दा पनि संघको भूमीका होस् भन्ने चाहन्छौँ । चौतरा साँगाचोक गढी नगरपालिकाले उद्योग दर्ता गर्दा संघको सिफरिस अनिबार्य गरिसकेको छ । चौतरासाँगाचोक गढी नगरपालिकालाई धन्यबाद दिदै अरु पालिकाबाट पनि यहि चाहन्छौं । सिन्धुपाल्चोक उद्योग वाणिज्य संग सिन्धुबासीको लागि निरन्तर लागि रहने छ किनकी यो संघ नाफा कमाउन लाग्ने छ न सरकारी र अन्य गैरसरकारी तथा विभिन्न निजी क्षेत्रहरुको आर्थिक सहयोग नै लिन चाहान्छ । संघमा आवद्व रहेका व्यापारी तथा व्यवसायी सदस्यहरुबाट संकलित सहयोगले आफै आत्म निर्भर बनेर जनताको सेवामा निरन्तर लाग्ने प्रण गर्दछ ।
(सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं स्थापना दिवसको अवसरमा चौतारामा आयोजित कार्यक्रममा अध्यक्ष होमबहादुर बस्नेतद्वारा राखिएको धारणा)