चौतारा साँगाचेकगढीमा मात्रै ९सय पुनरावेदक, वास्तविक भूकम्प पीडित अझै बाँकी

साउन ३१, चौतारा (सिन्धुपाल्चोक) । विनासकारी भूकम्प गएको ७ वर्ष वितिसक्यो तर पुर्नबासको काम अझै सकिएको छैन । मानवीय र भौतिक सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा अझै वास्तविक भूकम्म पीडितहरु छुटेको भेटिएको छ ।

अन्तरसंवाद कार्यक्रमको उदघाटन व्यानेर पढेर गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा

भुकम्प प्रभावित पुनरावेदकहरुको पुनरावेदन सम्बन्धी मंगलबार चौतारामा भएको न्यायीक अन्तरसंवाद कार्यक्रम पछि उक्त तथ्य बाहिर आएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण पुनरावेदन समितिको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा ९ हजार पुनरावेदक रहेका छन । जस अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै ९ सय रहेको भेटिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकालाई लक्षित गरी राष्ट्रिय पुननिर्माण प्राधिकरण पुनरावेदन समितिद्वारा गरिएको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले बास्तविक भूकम्प पीडितहरलाई कुनैपनि तरिकाबाट सम्बोधन गरिने प्रतिवद्वता जनाए । पीतिहरुको आवास पुननिमार्णको समस्या तत्काल समाधान गर्न उनले जोड दिए ।
वास्तविक पिडित समस्यामा परेको उल्लेख गर्दै अझैपनी पिडित पहिचान गर्नका लागि १४ वटै वडाले सहि विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिलाई बुझाईने उनले जानकारी दिए । वडाअध्यक्षहरुलाई निर्देशन दिंदै उनले भने,‘तपाईहरले विवेकको आधारमा तथ्यमा रहि सत्यको अन्वेशन गर्नुहोस ।’
त्यस्तै कार्यक्रममा उपप्रमुख सिता थापाले छुटेका वास्तविक पीडितहरु पहिचान गरेर अझै टहरोमा रहेकाहरुलाई निजी आवासमा सार्न ढिलाइ गर्नु नहुने बताईन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिका अध्यक्ष बालेन्द्र रुपाखेतीले वास्तविक पिडित पहिचान गरी नाम उपलब्ध गराउन आग्रह गर्दै सकेसम्म पिडितहरुलाई राहत उपलब्ध गराउन समितिले काम गर्ने बताए ।
कार्यक्रममा पुनरावेदन समितिका सदस्य भीष्म कँडेरीयाले गुनासोबाट नसमेटिएर पुनरावेदन गरेका पीडितहरुलाई समितले पहिचान गरेर समेट्न प्रयास थालिएको भन्दै पाउनै पर्ने वास्तविक पीडितहरु नछुटुन भनेर कार्यक्रम आयोजना गरिएको बताए । आफ्ना वडाहरुमा भएका वास्तविक तथ्याङ्कलाई पुनरावेदन समिति समक्ष पेश गर्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम केसिले वास्तविक पीडितहरु अझैपनी लाभग्राही कायम नभएको उल्लेख गर्दै उनिहरुलाइ पनि लाभग्राही कायम गरि सरकारले दिने रकम उपलब्ध गराउनु पर्ने धारणा राखे ।
कार्यक्रममा वडा अध्यक्षहरुले पहिलो किस्ता बुझेर अहिले सम्म घर नबनाउने ,घर बनाइसकेपछी सम्पन्नताको फाइल गायब हुँदा किस्ता रोकिएको जस्ता समस्या राखेका थिए ।

जिल्ला आयोजना कार्यान्वय इकाई भवन तथा आवासका आयोजना प्रमुख टंक प्रसाद गौतमले अब किस्ता नलिएकाले किस्ता नपाउने बताउदै यसको लागि मन्त्रीपरिषद्लेनै निर्णय गर्नुपर्ने बताए ।

पुनरावेदन समितिका अनुसार २०७६ मङ्सिर सम्म निवेदेन दिनेहरुको गुनासो मात्र समितिले हेर्ने छ । त्यस्तै आगामी पुस सम्म मात्र समिती रहने र त्यति बेला सम्ममात्रै पुनरावेदकहरुको निवेदन हेर्नेछ ।