निर्यातमूखि उद्योग सञ्चालन गर्न प्रजिअ खनालले व्यवसायीहरुलाई गरे आग्रह

साउन ३०, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जिल्लामै निर्यातमूखि उद्योग सञ्चालन गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा आवद्व व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक उद्योगवाािणज्य संघको स्थापना दिवसको अवसरमा संघले हाँसिल गरेका उपलब्धीहरको बारेमा सम्प्रेषण गर्दै अध्यक्ष होमबहादुर बस्नेत

सिन्धुपाल्चोक उद्योग वायिाज्य संघको आज २८ औं स्थपना दिवसको अवसरमा संघको चौतारा शखा कार्यालयमा आयोजित कार्यक्रममा प्रजिअ खनालले उक्त धारणा राखेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रजिअ खनालले भने, ‘सबै कुरा आयतमा भर पर्दा हाम्रो अर्थतन्त्र धराशाही हुन्छ ।’ स्वदेशमै कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे । यतिबेला सबै क्षेत्रमा ‘सुरक्षा’ आधारभूत र चुनौतिको विषय बनेको चर्चा गर्दै प्रजिअ खानालले यसको प्रत्याभूति सरकारले दिलाउने समेत आश्वस्त पारे ।

पछिल्लो पटक तातोपानी नाका बन्द हुनामा चीन तर्फ कोरोना माहामारी फैलिएपछि लकडाउन गरिएको उनले स्पष्ट पारे । चीनतर्फ कोरोना परिक्षणपछि नाका निरन्तरता हुन्छ भनेर त्याहाँका अधिकारीहरुले आफूलाई जानकारी आएको उनले सुनाए ।

त्यस्तै कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष हरीशरण श्रेष्ठ, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख विश्वनाथ काफ्ले तथा नेपाल पत्रकार माहासंघ सिन्धुशाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । बोल्ने वक्ताहरुले संघलाई वाणिज्यको रुपमा नभई उद्योगको रुपमा तथा व्यवसायीहरुलाई दोहोरो करको मारमा नपार्न सुझाब समेत दिएका थिए ।

कार्यक्रमका सभापति रहेका सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले सिन्धुपाल्चोक उद्योग वाणिज्यसंघ कुनै नाफामूलक संस्था नभई सहयोगी र सामाजिक संस्था भएको जिकिर गरे ।

विगतमा उद्योगवाणिज्य संघले कोभिड, बाढी पहिरो लगाएत सिन्धुपाल्चोकमा भएको प्राकृतिक विपदको बेला अग्रपंक्तिमा खटिएर पीडितलाई सहयोग पु¥याएको दावी गर्दै संघका अध्यक्ष बस्नेतले संघ विना सरकारी सहयोगमा विभिन्न व्यापारी तथा व्यवसायीहरुको साथमा सञ्चालनमा ल्याएको ठोकुवा गरे । सहभागिहरुले दिएको प्राप्त सुझाबहरुलाई विस्तारै कार्यान्वयन गरिने समेत उनले प्रतिवद्वता जनाए ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु, विभिन्न व्यवसायीहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संघका महासचिव शम्भुबहादुर तिमिल्सिनाले गरेका थिए ।
यसैबीच स्थपना दिवसकै अवसरमा संघले सहभागी अतिथिहरुलाई मायाँको चिनो समेत वितरण गरेको थियो ।

यो पनि पढ्नुहोस

उद्योगवाणिज्य संघको स्थपना दिवसको सन्दर्भमा वृद्ववृद्वालाई खाद्यन्न र न्यानो कपडा