उद्योगवाणिज्य संघको स्थपना दिवसको सन्दर्भमा वृद्ववृद्वालाई खाद्यन्न र न्यानो कपडा
साउन ३०, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं स्थापना दिवसको अवसरमा संघले वृद्ववृद्वालाई खाद्यन्न तथा न्यानो कपडा वितरण गरेको छ । वृद्व आश्रम चौतारामा पुगेर संघले उक्त सामाग्री वितरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले जानकारी दिए ।
उनका अनुसार संघले २५ के.जीका चामल ६ बोरा, दाल १० केजी, नुन १० के.जी, मस्यौरा १ बोरा, फलफूल, विस्कुट, हर्लिक्स र न्यानो कपडा लगाएतका सामाग्री वितरण गरिएको हो । संघले यस वर्ष स्थापना दिवसको अवसरमा वृद्व आश्रममा रहेका वृद्ववृद्वालाई खाद्यन्न तथा न्यानो कपडा वितरण गरेर रचनात्मक कार्य भएको आश्रम सेवा समितिकी अध्यक्ष माया निरासीले प्रतिक्रिया दिईन । आश्रममा भौतिक निर्माण लगाएत वृद्ववृद्वाको हेरचाहको लागि आजिविन सदस्य बनिदिन उनले संघलाई आग्रह गरिन । संघका अध्यक्ष बस्नेतले आश्रमको उक्त मागलाई सम्बोधन गरिने आश्वासन दिए ।
आश्रममा अहिले १२ जना वृद्ववृद्वा आश्रित छन् । कार्याक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष हरीशरण श्रेष्ठ, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ लगाएत संघका पदाधिकारी तथा सञ्चारकर्मीहरको समेत उपस्थिति रहेको थियो ।