सिन्धुपाल्चोकको प्रशिद्व धार्मिक स्थल रानीपोखरीको जात्रा, २० वर्ष यताकै उत्कृष्ट(भिडियो सहित)

दिनेश दुलाल
साउन २७, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम नजिक रहेको प्रशिद्व धार्मिक स्थल रानी पोखरीमा लाग्ने जात्रा सकिएको छ ।

प्रत्येक वर्ष जनैपूर्णिमाको दिन लाग्ने उक्त मेला शुत्राबार सकिएको हो । विशेष त झाँक्री नाच प्रर्दशन हुने उक्त जात्रा २० वर्ष यताकै उत्कृष्ट र भव्य बनेको मेलामा सहभागीहरुको भनाई रहेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले धार्मिक पर्यटनलाई प्रर्वद्वन गर्ने हिसाबले रानीपोखीको संरक्षणमा विशेष चासो दिएपछि रानीपोखरीको स्वरुप बदलिएको ईर्खुका स्थानीय रामबहादुर लामा बताउँछन् । ‘नगरपालिकाले विशेष महत्व दिएर रानीपोखरीको निर्माण गरेपछि यहाँको जात्राको महत्व बढ्न थालेको छ’, झाँक्री बनेर जात्रामा सहभागी निरबहादुर तामाङले भने । झाँक्री नाँचमा तामाङ जातिको विशेष महत्व रहेको उक्त जात्रामा महिला झाँक्रीहरु समेत समेत सहभागी हुने गरेको सुनकोशी गाउँपालिका सुनखानीकी झाँक्री सन्चमायाँ तामाङले बताईन । आफू यस अघि आएको जात्रा भन्दा यसपालिकाको जात्रा शान्तीपूर्ण रुपमा सम्पन्न भएको ठूलोसिरुवारीका प्रकाश गिरिको भनाई छ । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङले रानीपोखरी पुनर्निर्माणको लागि ५० लाख छुट्टाएर काम सुरु गरिएको हो ।

उपभोक्ता समिति बनाएर गत आर्थिक वर्ष पोखरी र मन्दिर निर्माण गरिएको निवर्तमान मेयर तामाङले बताए । पुनर्निर्माणको काम अझै अधुरै रहेकाले आफूले पुन ः पहल गरिने उनले बताए ।

रानीपोखरी चौतारा साँगाचोकगढी नगरपालिका भित्रको गौराती भिमेश्वर पछिको सबैभन्दा ठूलो धार्मिक तथा पर्यटकीय स्थल हो । चौतारा–दोलालघाट सडकको बाँझबिसौनाबाट एक किलोमिटर भित्र पर्ने रानीपोखरीमा जनपूर्णिमाको दिन अन्य जिल्लाबाट समेत तिर्थालु तथा झाँक्रीहरु आउने गर्दछन् ।

नगरपालिकाकाले सुकुटेलाई पर्यटकीय हब तथा सुकुटे हुँदै साँगाचोकगढी, रानीपोखरी, सानोसिरुवारीको भुतछाँगा, गौराती भिमेश्वर मन्दिर तथा स्याउलेको हर्लङबर्लङ हुँदै ओखरेनीको चिया बगान सम्म पर्यटक पु¥याउने लक्ष्य राखेर काम अगाडी बढाईएको नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बताए । मेयर सापकोटा लगाएतले बिहिबार पुनर्निर्माण गरिएको रानीपोखरीको उदघाटन गरेका थिए ।